यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, ३२ साउन : कोशी र बागमती प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ । दिउँसो र राति ती दुई प्रदेशमा मात्र भारी वर्षाको अनुमान गरिएको छ । अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपाल नजिकै रहे पनि जलवाष्पयुक्त वायु कमजोर बनेको कारण न्यूनचापीय रेखाको प्रभाव कम देखिएको छ । अहिले गण्डकीका कतिपय स्थान, कोशी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभरि आंशिकदेखि सामान्य बदली रहेर पहाडी भू–भागका केही स्थान तथा बाँकी भू–भागका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति कोशी, मधेश र गण्डकीका केही ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । नदी तटीय क्षेत्र तथा अन्य ठाउँमा पहिरोको जोखिम, गेग्रान बग्ने, डुबान हुन सक्ने होचा ठाउँमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।