बिमा रकमको लोभमा आफ्नै टिपरमा आगजनी गर्ने खत्री दाजुभाइसहित तीनजना पक्राउ

काठमाडौं । बिमा रकम प्राप्त गर्ने उदेश्यले आफ्नै टिपरमा आगजनी गर्ने रामेछापका दुई दाजुभाइसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा रामेछापको मन्थली नगरपालिका–१२ घर भइ काठमाडौंको कोटेश्वर बस्ने ३४ वर्षीय प्रदीपकुमार खत्री र उनकै भाइ भीमसेन खत्री र सिन्धुलीको दुधौली नगरपालिका–१४ का रंगबहादुर बुढाक्षेत्री रहेका छन् ।

उनीहरूलाई प्रहरी वृत्त चापागाँउ ललितपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार प्रदिपकुमारले चार महिना अघिमात्रै मासिक किस्ता तिर्ने गरेर बा.३ ख २८९४ नम्वरको उक्त टिपर खदिर गरेका थिए ।

टिपर उनकै भाइ भीमसेनले चलाउने गरेका थिए । चलाउँदाचलाउँदै बिग्रेको उक्त टिपर भीमसेनले ललितपुरको ठेचोस्थित नख्खु खोलामा छाडे ।

उनीहरूले पछि टिपर बनाउन खोज्दा महंगो हुने देखिएपछि साउन १२ गते राति सिन्धुलीको दुधौली नगरपालिका–१४ का रंगबहादुर बुढाक्षेत्रीको सहयोगमा आफैँले आगो लगाएका थिए ।

आफैँले आगो लगाएको उक्त टिपरको बिमाको लागि चाहिने कागजात र दोषीमाथि कारबाहीकाले लागि माग गर्दै खत्री दाजुभाइ प्रहरीमा पुगे । तर प्रहरीको अनुसन्धानले आगजनीमा उनीहरूकै संलग्नता देखाएपछि तीनैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।