जिल्ला अदालत भोजपुरको जीर्ण भवनबाट अदालतको सेवा प्रवाहमा कठिनाइ

भोजपुर, ३२ साउन : जिल्ला अदालत भोजपुरको भवन जीर्ण बन्दा सेवा प्रवाहमा कठिनाइ भएको छ । अदालतको ४१ वर्ष पुरानो भवनबाट हाल सेवा प्रवाह गर्न समस्या भएको छ ।

विसं २०४५ र २०७२ को भूकम्पका कारण भवन चर्किएको भए पनि यसैलाई मर्मत गरेर सेवा प्रवाह गरिँदै आएको अदालतका श्रेष्तेदार मोहन घिमिरेले जानकारी दिनुभयो । भूकम्पका कारण अदालतका धेरै संरचना जीर्ण छन् । पुरानो शैलीमा निर्माण भएको भवनबाट सेवा प्रवाह गर्दा दैनिक कार्य सम्पादनमा समेत समस्या रहेको घिमिरेले बताउनुभयो । पार्किङ सुविधा नहँदा पनि बढी समस्या रहेको उहाँको भनाइ छ । कुनै मुद्दामा प्रतिवादीको सङ्ख्या धेरै भएको अवस्थामा कार्यालय परिसरमा उनीहरुलाई व्यवस्थापन गर्न समस्या रहेको छ ।

“पुरानो भवनका कारण सेवा प्रवाहमा समस्या छ”, घिमिरेले भन्नुभयो । छानो फेरेर सेवा प्रवाह गरिँदै आएको छ । भवन जीर्ण बनेको कारण यहाँका महत्वपूर्ण फाइल राख्न समस्या हुने गरेको छ । राम्रो कोठा नहुँदा इजलास सञ्चालनमा समेत कठिनाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

जग्गा खरिद गर्ने काम भए पनि भवन बनाउन बजेट अभाव रहेको श्रेष्तेदार घिमिरेको भनाइ छ । जिल्ला अदालतले हेर्न मुद्दाको क्षेत्र बढेसँगै न्यायका लागि अदालतसम्म आउने सेवाग्राहीको सङ्ख्या पनि बढेको छ ।

अदालतमा मुद्दाको सङ्ख्यामा बर्सेनी वृद्धि भइरहेको जिल्ला न्यायाधीश मनिराम न्यौपानेले बताउनुभयो । एकचालीस वर्ष पुरानो भवन रहेकाले अहिलेको सेवाग्राहीको चापलाई धान्न समस्या रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कतिपय मुद्दामा धेरै प्रतिवादी हुन्छन् । त्यस्तो अवस्थामा व्यवस्थापन गर्न कठिन हुने गर्छ । कार्यालय परिसर साँघुरो हुँदा आवतजावतमा पनि समस्या छ ।” करिब डेढ रोपनी क्षेत्रफलमा बनेको दुई तले पुरानो भवनमा आठ कोठा छन् । नयाँ भवन निर्माणका लागि अदालतसँग सीमा जोडिएको चार रोपनी जग्गा खरिद गरिएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।