श्रीमतीको मृत्युपछि एक करोड बीमा रकम बुझेका नाथु देवान प्रहरीद्वारा पक्राउ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट आफ्नै श्रीमती मृत्यु भएको भन्दै एक करोड दुइ लाख रुपैयाँ बीमा दावी भुक्तानी बापत रकम रुपैयाँ बुझेका बारा जिल्ला कलैयाँ उपमहानगरपालिका वडा नं २६ निवासी नाथु देवानलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीले हजरा खातुनको हत्यापछि बीमा दावी भुक्तानी घट्नामा मृतकी श्रीमान नाथु देवान, बीमा अभिकर्ता नाजिर अन्सारीसहित ३ जनालाई हिराशतमा लिएर अनुसन्धान भइरहेको बताए ।

नाथुराम देवानले बीमा अभिकर्ता नाजिर अन्सारीमार्फत २०७८ साल असार २९ गते दोहोरो बीमाङ्क सुविधासहित २५ लाख र २५ लाख गरी कूल ५० लाख रुपैयाँको बीमा श्रीमती हजरा खातुनको नाममा बीमा गराएका थिए । बीमाको दोस्रो किस्ता भुक्तानी गरेको केही समयपछि बीरगन्जबाट कलैयास्थित घर फर्कदै गर्दा राति ९ः०० बजेको समयमा आफैले चलाएको मोटरसाइकलमा सल बेरिएर हजरा खातुुनको मृत्यु भएको जाहेरी प्रहरीलाई दिइएको थियो ।

देवानले प्रहरी र बीमा कम्पनी दुवैतिर सेटिङ गरी मृतक श्रीमतीको नाममा रहेको बीमा पोलिसीबाट एक करोड दुई लाख ५६ हजार ५७५ रुपैयाँ बीमा दवी भुक्तानी लिएका थिए । गत असार ३१ गते बुझेको एक करोड रकम मध्ये केही रकम एशियन लाइफ इन्स्योरेन्स कम्पनीमै बुझाएको खुलेको छ ।

सुुरुदेखि नै शंकास्पद रहेको सो घटनामा प्रहरीले निष्पक्ष छानविन गरेको थिएन भने बीमा गर्ने कम्पनी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ दिनेशलाल श्रेष्ठले दावी भुक्तानी दिन आदेश मात्रै दिएका थिएनन् अध्यक्ष दीपक श्रेष्ठ समेतलाई राखेर आफैले उक्त रकमको चेक हस्तान्तरण गरेको खुलेको छ । बीमापोष्टले २०८० साउन २ गते १३ः३८ बजे एशियन लाइफको कलैया शाखाका प्रमुख सोनालाल सहनीसँग उक्त घटनाको बारेमा जिज्ञाशा राख्दा दुर्घटनामा हजरा खातुनको निधन भएकोले नियम अनुसार दावी भुक्तानी दिइएको जानकारी गराएका थिए ।

अध्ययनकै क्रममा हजरा खातुनको दुुर्घटनामा मृत्यु भएको नभर्ई आफ्नै श्रीमानसँग बीरगन्जबाट कलैयास्थित घर फर्कने क्रममा राति ९ः०० बजेको समयमा आफैले ओढेको सल घाँटीमा बेरिएर मृत्यु भएको र घटना शंकास्पद रहेको फेला पारेको थियो । सो क्रममा शाखा प्रमुुख सोनालाल सहनीलाई जिज्ञाशा राख्दा माथिबाटै प्रक्रिया पुरा गरेर दावी भुक्तानी भएको बताएका थिए थिए ।

सामान्य पसल मासु पसल र टेलर चलाउँदै आएका नाथुराम देवानको आर्थिक हैसियत ५० लाख रुपैयाँको बीमा गर्न सक्ने थिएन । एशियन लाइफकै कलैया शाखाका प्रमुख सोनालाल सहनीले सेटिङमा अण्डरराईटिङ मिलाएर बीमा पोलिसी कटाएका थिए । सिईओ दिनेशलाल श्रेष्ठसँग विशेष सम्बन्ध भएका कलैया शाखा प्रमुख सहनीले हजरा खातुनको शंकास्पद निधनमा पर्याप्त छानविन नै नगरी दावी भुक्तानी दिन लगाएको खुलेको छ । सोनालाल सहनी लामो समयदेखि कलैया शाखामा बसेर काम गर्दै आएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले नाथुु देवान प्रहरी हिरासतमा रहेको पुष्टि गरेको छ । उनीमाथि हाल अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
उता, अध्यक्ष दिनेशलाल श्रेष्ठ, सिईओ दिपक श्रेष्ठ, डेपुटी मार्केटिङ हेड बिजय पराजुली, कम्पनी सचिव प्रकाश सिंह कठायतसहितको उपस्थितिमा एक करोड दुइ लाख रुपैयाँ बीमा दावी भुक्तानी दिइएको व्यक्ति पक्राउ परेसँगै सिईओ श्रेष्ठ तनावमा परेका छन् । बीमापोष्टले बुधबार अबेर घटनाबारे जिज्ञाशा राख्न खोज्दा सम्पर्कमा आउन चाहेनन् । घटनाबारे एशियन लाइफले केही बताएको छैन ।-बिमापोष्ट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।