चोरी मुद्दामा फरार प्रतिवादी लिम्बु पक्राउ
बिराटनगर, श्रावण ३२ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९|११|२८ गतेको सजाय निर्धारण आदशले ९ महिना कैद र १० हजार रुपैया जरिवाना बेरुजु रहि फरार ईटहरी उप-महानगरपालिका-३ का ४३ बर्षीय राजेश निम्लेकु लिम्बुलाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्मानित अदालत उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारगार पठाएको छ ।


