आफ्नै लिङ्ग काटेर घाइते भएका युवकको शल्यक्रिया सकियो, काटिएको भाग जीवित नहरेकाले फाल्नु पर्‍यो

काठमाडौँ । आफ्नै लिङ्ग काटेर घाइते भएका युवकको चितवन मेडिकल कलेज भरतपुरमा शल्यक्रिया गरिएको छ । लिङ्ग काटेपछि घाइते भएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ नयाँगाउँका २२ वर्षीयको शल्यक्रिया गरिएको हो ।

ती युवकले साउन ३१ मा राति मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१० स्थित फुलवारी होटल एण्ड लजमा आफ्नै लिङ्ग काटेका थिए । उनको लिङ्गको चुँडिन लागेको भागलाई फालेर शल्यक्रिया गरिएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । ६/७ घण्टा भन्दा पहिले काटिएको र काटिएको भाग जीवित नभएको त्यसलाई हटाइएको छ । उनी अहिले खतरामुक्त अवस्थामा छन् ।

लिङ्ग काटेपछि घाइते भएका उनी आफैँ उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको लागि राति नै चितवन मेडिकल कलेज रेफर गरेको थियो । ओभरसियर पढेका उनी ‘साधु’ बन्छु भनेर हिँडेका थिए । यद्यपि उनले प्रहरीसँग ‘होटलमा बिच्छीले टोकेको र विष सर्न नदिन लिङ्ग काटेको’ बयान दिएको मकवानपुरका एसपी सिताराम रिजालले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।