बर्थडे केकलाई २० टुक्रा पारेको २९ सय रुपैयाँ शुल्क लिएपछि…

एजेन्सी । ग्राहकले रेष्टुरेन्टमा गएर खानपिन गरेपछि पैसा तिर्नु त पर्छ नै । तर इटालीको एक रेष्टुरेन्टले ग्राहकबाट खानपिनको पैसा मात्र होइन एउटा बर्थडे केक काटिदिएबापतको शुल्क पनि असुलउपर गरेको छ ।

इटालीको सिसिलीस्थित पालेम्रोमा रहेको एउटा रेष्टुरेन्टमा जन्मदिन मनाउन गएको एक परिवारलाई उक्त रेष्टुरेन्टले पिज्जा, वाइन, बियर र पानीबापतको १२१ युरोको बिल मात्र होइन उनीहरुले बाहिरबाटै लगेको बर्थडे केकलाई २० टुक्रामा काटिदिएबापतको थप २० युरोको बिल पनि थमायो । यो भनेको करीब २९ सय रुपैयाँ हुन्छ ।

रेष्टुरेन्टमा १२१ युरोको खानपान गर्दासमेत आफैंले लगेको केट काटिदिएबापत प्रतिटुक्राको थप १ युरो शुल्क लिएपछि उनीहरु अचम्ममा पर्नुको विकल्प रहेन ।

बिलमा केक काटिदिए बापतको २० युरो रकमको खण्डमा ’20 X Servizio Torta’ लेखिएको थियो । जसको अर्थ २० टुक्रा केक सर्भ गरेको भन्ने हुन्छ ।

ग्राहकको केक काटिदिएको कुरामा पनि रकम असुल गरेपछि सो रेष्टुरेन्टको सोसल मिडियामा आलोचना भइरहेको छ ।

यद्यपि उक्त रेष्टुरेन्ट यस्तो अपत्यारिलो शीर्षकमा पनि रकम असुल गर्ने एक्लो इटालियन रेष्टुरेन्ट भने होइन ।

यसअघि एकजना बेलायती पर्यटकलाई पनि उनको स्याण्डविच दुईटुक्रा काटिदिएबापत समेत पैसा लिइएको घटना सार्वजनिक भएको थियो । त्यस्तै एउटा अर्को इटालियन रेष्टुरेन्टले बच्चाको लागि खाना राख्न थप एउटा खाली प्लेट दिएबापत २ युरो अतिरिक्त शुल्क लिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।