एउटा यस्तो अनौठो शर्त नमानेपछि बिहेको दोस्रो दिनमै डिभोर्स

एजेन्सी । एकजना नवविवाहिता महिलाले आफ्नो बिहे भएको दोस्रो दिनमै पतिसँग डिभोर्स गर्ने निर्णय गरेकी छिन् । आफ्नो चेतावनीका बाबजुद बिहेको क्रममा पतिले केही त्यस्तो गतिविधि गरे कि उनले बिहेको अर्को दिनमै डिभोर्स माग्नुपर्यो । ती महिलाले एक सोसल मिडियामार्फत् आफ्नो कहानी शेयर गरेकी छिन् ।

Slate’s Dear Prudence advice column मा उनले एक पोस्ट गर्दै आफ्नो अब छिटै नै डिभोर्स हुने बताएकी छिन् ।

पहिले आफुलाई बिहे गर्नमा खासै रुचि नरहेको भएपनि सन् २०२० मा आफ्नो ब्वायफ्रेण्डले प्रपोज गरेपछि बिहेका लागि राजी भएको भन्दै उनले बिहेको तयारी सम्बन्धी जिम्मेवारीहरु पनि दुईजनाले बाँडफाँट गरेको बताएकी छिन् ।

उनले बिहेको दिनमा आफ्नो अनुहारमा केक नलगाइदिने शर्त पतिसँग राखेकी थिइन् । बिहेको दिनमा आफ्नो त्यो कुरा बेहुलाले मान्छन् भन्ने उनको पूर्ण विश्वास थियो । तर उनका पतिले त्यहीँ गल्ती गरे, जो नहोस् भन्ने थियो । उनले बिहे समारोहमै मजाक गर्दै बेहुलीको गर्धनमा समाएर अनुहारमा केक दलिदिए ।

अनुहारमा केक नलगाउने आफ्नो पूर्वशर्त भएपनि पतिले प्रांक गर्दै केक दल्नका लागि दोश्रो केक पहिले नै तयारी हालतमा राखेका थिए । बिहे भैसकेपछि पतिले बाचा तोडेर जबर्जस्ती अनुहारमा केक लगाइदिएको सो घटनाले उनी मर्माहत भइन् । जसका कारण उनले अर्को दिनसम्म सोँच विचार गरी वैवाहिक सम्बन्ध टुंग्याउने निधो गरिन् ।

त्यो गल्तीका लागि पतिलाई माफी दिन र गल्ती सुधार्ने मौका प्रदान गर्नका लागि उनलाई परिवारजनले नसम्झाएका होइनन् । उनी चरम प्रतिक्रियात्मक बनेर गलत कदम उठाएको पनि भनियो । तर उनले कुनै लहडबाजीमा यस्तो फैसला लिएकी थिइनन् । वास्तवमा उनले आफ्नो गम्भीर स्वास्थ्य समस्याका कारण अनुहारमा केक नलगाउने बताएकी थिइन् ।

ती महिलाका अनुसार एउटा कार दुर्घटनापछि उनमा claustrophobia भएको छ र उनी केकजस्ता चिजहरुसँग डराउँछिन् । त्यसैले उनले बिहेको रमाइलो दिनमा आफूलाई डर लाग्ने केक अनुहारमा नलगाइदिन अनुरोध गरेकी थिइन् ।

बेहुलाले भने उनको त्यो समस्या नबुझी मजाक गरे । त्यही गल्तीले अन्ततः उनीहरुको वैवाहिक सम्बन्ध नै टुट्ने भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।