प्राधिकरणमा स्थायी खुशी, ज्यालादारी हेरेको हेरै

निरोज कोइराला,भोजपुर । नेपाल बिद्युत प्राधिकरणले बिभिन्न कार्यक्रम गरी आफनो ३८ औ बार्षिकोत्सव मनायो । काठमाण्डौमा ठुलो कार्यक्रम गरियो, जहाँ प्रधानमन्त्रीको पनि उपस्थिती थियो । सोक्रममा स्थायी कर्मचारीहरुलाई सम्वोधन हुने गरी केही सुबिधाहरु थप गरियो । तर ज्यान जोखिममा राखेर बर्षो देखि ज्यालामा काम गर्ने ज्यालादारी श्रामिकका बिषयमा केही पनि बोलिएन । यसबाट स्पष्ट हुन्छ प्राधिकरणमा पनि बिभेद कायम नै छ ।

(पत्रकार निरोज कोइराला)

आफुहरुका बिषयमा केही पनि सम्बोधन नभए पछि ज्यालादारी कर्मचारीले फेरी यस बर्षको बार्षिकोत्सवमा केही पनि पाएनन । उल्टै स्थायी कर्मचारीहरुको मात्र सुबिधा पढेको कुराहरु सामाजिक सञ्जालमा हेरे र पढे । प्राधिकरणमा कार्यरत ज्यालादारी कर्मचारीलाई तपाईहरुको माग सम्वोधन हुन्छ भनेर कहिले काँही आश्वासन भने दिने गरिन्छ, त्यही आश्वासनका भरमा काम गर्छन उनीहरु । तर फेरी हात लाग्यो शुन्य हुन्छ ।

गत बर्ष पनि तत्कालिन उर्जामन्त्रीबाट माग सम्वोधन हुने आश्वासन पाएका ज्यालादारी कर्मचारीले निर्णय भएका केही कुराहरु पनि कार्यान्वयमा नआउँदा जस्ताको तस्तै बस्नु पर्यो । दैनिक ज्याला बाहेक केही नपाउने कर्मचारीहरु कुनै दुर्घटना परे उनीहरुले केही पाउँदैनन । नत उनीहरुको बिमा नै हुन्छ । बेला बेलामा प्राधिकरणमा कार्यरत ट्रेड युनियनहरुका कारण पनि ज्यालादारी कर्मचारीहरु झुकिदै आएका छन । निर्वाचनको समयमा ज्यालादारीका कुराहरु बुँदा बुँदामा उल्लेख गरिए पनि ब्यवस्थापन पक्षले त्यसलाई बेवास्ता गरेका कारण कार्यान्वयन हुन सकेको छैन ।

ज्यालामा काम गर्ने कर्मचारीले आफनो ज्याला समेत प्राधिकरणले निर्धारण गरेको पाउँदैनन । प्रमुख जिल्ला अधिकारीले तोकि दिएको ज्याला उनीहरुले पाउँछन । प्रमुख जिल्ला अधिकारीले राख्ने जिल्ला दररेट निर्धारण समितिको बैठकमा ज्याला बढाउने निर्णय भयो भने मात्र ज्यालादारीको पनि दैनिक ज्यालामा बृद्धि हुन्छ । नेपाल बिद्युत प्राधिकरणको तथ्यांक अनुसार नेपालभर दुई हजार आठ सय १३ जना ज्यालादारी कर्मचारीहरु कार्यरत रहेका छन । उनीहरु मध्ये धैरै जना केही सुबिधा नपाई घर जाने अवस्थामा पनि छन । किन कि ज्यालामा नै काम गरेर उमेर सकिदै आई रहेका कारण ।

जिम्मेवारीका साथ स्थायी भन्दा राम्रो काम गरि रहेका ज्यालादारी कर्मचारीहरुका बिषयमा पनि सम्वन्धित सरोकारवाला निकायको ध्यान जान जरुरी छ । प्राधिकरण सुधार्नका लागि दिन रात नभनी खटिने ज्यालादारी कर्मचारीलाई बिभेद गर्नु प्राधिकरण ब्यवस्थापनको गम्भीर भुल हो ।

प्राधिकरणले नाफा कमायो, राजस्व संकलन बढयो, चुहावट नियन्त्रण गर्यो जे जे भने भने त्यो तिनै ज्यालामा काम गर्ने कर्मचारीको पनि देन हो । बिशेष गरेर पहाडी जिल्लाहरुमा रहेक बितरण केन्द्रहरु तिनै ज्यालादारी कर्मचारीका कारण चली रहेको छ । सेवाग्राहीले स्थायी कर्मचारी भन्दा पनि तिनै ज्यालामा काम गर्ने कर्मचारीलाई बढी चिनेका हुन्छन र तिनैबाट समस्याको समाधान पनि हुने गर्दछ ।

तसर्थ आफनो काम इमान्दारीताका साथ गरि रहेका प्राधिरणमा कार्यरत ज्यालादारी कर्मचारीका बिषयमा गम्भीर बन्दै प्राधिकरण ब्यवस्थापन, ट्रेड युनियनहरु पनि यस तर्फ निर्णायक बन्न जरुरी देखिन्छ । उचित न्यान नगरी श्रम गराउने परिपार्टी अन्त्य हुनुपर्छ ।

(लेखक भोजपुरका अग्रज पत्रकार हुनुहुन्छ । )

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖