घरपालुवा कुकुरलाई सडक लगेर दिसापिसाब गराउनेमाथि कारबाही

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठकमा घरपालुवा कुकुरलाई सडकमा लगेर दिसापिसाब गराउनेमाथि कारबाही गर्न आवाज उठेको छ ।

२१ औँ नगर कार्यपालिका बैठकमा ‘कुकुरको व्यवस्थापन सम्बन्धी कार्यविधि’माथिको छलफलमा भाग लिँदा वडाध्यक्ष मुकुन्द रिजालले यस्तो कार्यमा कतिपय भीआईपी भनिने मान्छेहरुनै सक्रिय रहेको भन्दै यसबारे महानगरको ध्यान जानुपर्नेमा जोड दिए ।

‘घरमा कुकुर पाल्ने र बाटोमा छाडेर ट्वाइलेटै बाटोमा बनाउन पाइन्छ कि पाइँदैन ?’, उनले भने, ‘धनीमानि ठुलाबडा, अलि ठुला पदमा पुगेका मानिसहरू नै मर्निङवाकमा शेर जत्रा कुकुर लिएर निस्कने र बाटोमा दिसापिसाब गराउने प्रवृत्ति छ। यस्तो कार्यमा संलग्नमाथि महानगरपालिकाले कारबाही गर्नुपर्छ ।’

महानगरले टोली परिचालन गरेर जरिवाना गर्न थाले यस्तो कार्य रोकिने उनको भनाइ थियो ।

बिहीबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको उक्त बैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सगत, वातावरण समिति, विधायन समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका संयोजक मचाराजा महर्जन, पूर्वाधार समितिका संयोजक मुकुन्द रिजाल र वित्त समितिका संयोजक ईश्वरमान डंगोलले आफ्ना समितिअन्तर्गतका प्रस्ताव पेस गरेको महानगरपालिकाले जनाएको छ । बैठकमा विविधसहित २१ वटा प्रस्ताव थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।