विवादित भारतीय धर्मगुरु बागेश्वर बाबाले आज प्रधानमन्त्री प्रचण्डलाई भेट्ने

काठमाडौं । विवादित भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ ले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् ।

स्रोतका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्रीलाई भेट्ने तय भएको हो ।

प्रधानमन्त्रीलाई भेटेपश्चात् उनी शास्वतधामतिर लाग्नेछन् । शास्त्री राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्न चाहन्थे । तर, राष्ट्रपतिले समय नदिएको स्रोतले बतायो ।

सरकारले शास्त्रीलाई भारतको ‘वाइ सेक्युरिटी’ स्तरमा सुरक्षा प्रदान गरेको छ ।

शाश्वत धाममा शास्त्रीले तीन दिन प्रवचन दिने कार्यक्रम रहेको छ ।

शास्त्रीलाई चौधरी ग्रुपले नेपाल ल्याएको हो । उनको टोलीलाई ल्याउने र राख्ने सबै खर्च चौधरी ग्रुपले व्यहोर्ने छ । स्रोतका अनुसार शास्त्रीले पारिश्रमिक भने लिएका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।