हल्का वर्षाको सम्भावना

काठमाडौँ, २ भदौ : मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तरतिर र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ । भारतको ओडिसा र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।

हाल मधेस प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

देशको पहाडी भूभागको केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यकामा पनि मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा दिउँसोपछि थोरै पानी पर्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र भोलि कोशी, बाग्मती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने अनुमान गरिएको छ ।

यसैगरी पर्सी सोमबार देशका विभिन्न भागमा आज र भोलिको तुलनामा पानी पर्ने गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार विशेष गरी दिउँसोको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी सम्भावना रहेको र रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।