कैलालीका युवक दैलेखबाट बेपत्ता
धनगढी । कैलालीका एक युवक दैलेखबाट बेपत्ता भएका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–४ छतिवन घर भएका ३१ वर्षीय गिर्ज विक दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडाबाट बेपत्ता भएको पारिवारीक स्रोतले जनाएको छ ।
गत साउन महिनाको १९ गते घुम्ती व्यापार गर्न भनि घरदेखि निस्केका विक ७ दिन यता सम्पर्कमा नआएको उनका भाई केशव विकले बताएका छन् ।
उनले दाइको खोजिका लागि सहयोग गरिदिन आग्रह गर्दै कसैको सम्पर्कमा आए वा देखेमा नजिकको प्रहरी कार्यालय तथा सम्पर्क नम्बर९८४८४१०२१९ र ९७४८४८७१३५ मा फोन गरी सम्पर्क गरिदिन आग्रह गरेका छन् ।


