ट्याटु हानेको पैसा नदिएको भन्दै सेवाग्राहीलाई धारिलो हतियार प्रहार

चितवन-रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई धारिलो हतियार प्रहार गरेका छन् ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार साँझ करिब सवा ४ बजेतिर कालिका नगरपालिका–४ बस्ने २९ वर्षीय विष्णु बहादुर थापालाई दाउले हानेर गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ ।

सौराहाको सिआरसी होटलमा गएर बोहोराले थापालाई ट्याटु हानिदिएका थिए । ट्याटु हानेको पैसा नदिएको भन्दै बोहोराले दाउ प्रहार गरेका हुन् । बोहोराले कति पैसा मागेको थिए भन्ने खुलेको छैन ।

बोहोराले थापाको ढाडमा दाउ प्रहार गरेको टाँडी प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।