त्रिशुलीमा हामफाल्न पुलमा झुन्डिएका व्यक्तिको उद्धार

काठमाडौ । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण परियार पुलमा झुण्डिएका थिए।

उनी पुलबाट त्रिशुली नदीमा हामफाल्नको लागि झुन्डिएको खबर प्राप्त भए पश्चात् सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जनाको टोली खटिएको थियो।

उक्त टोलीले रोप रेस्क्यु विधिबाट उनको उद्धार गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार परियारको उपचारको लागि मुग्लिन हाइवे अस्पतालमा पठाइएको छ। उनले हाम्फाल्न खोज्नुको कारण खुलेको छैन।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।