छोरीको मुख पनि हेर्न नपाई संसारबाट बिदा भइन् सिर्जना

बिर्तामोड- हुने हार दैव नटार । मनमोहन अस्पतालमा प्रसुतिका लागि भर्ना भएकी झापा बिर्तामोड १ की सिर्जना संग्रौला सदाका लागि धरतीबाट बिदा भएकी छन् । शल्यक्रिया सफल भए पनि प्रेसर बढेर ब्रेन ह्यामरेज भएपछि सिर्जना कहिल्यै नफर्किने बाटोमा गएकी हुन् ।

नौ महिना आफ्नै पेटमा खेलेको नवजात शिशुको अनुहार समेत राम्रोसँग हेर्न नपाई सिर्जनाको इहलीला समाप्त भएको छ ।

आफन्तका अनुसार चिकित्सकीय लापरवाहीका कारण सिर्जनाको ज्यान गएको हो । उनको मृत्युको घटनाले घर परिवार, छिमेकी र आफन्त शोकमा डुवेका छन् ।

बुधवार अपरान्ह बिर्तासिटी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सघन उपचार कक्षमा चिन्ताजनक अवस्थामा उनको उपचार भइरहेको थियो ।

सिर्जनाको निधनपछि नवजात शिशु (छोरी) हुर्काउने गम्भीर र जटिल जिम्मेवारी परिवारमा छ । बुधवार साँझ जातिय परम्परा र संस्कृति अनुसार झापाको कनकाई माईमा सिर्जनाको अन्तिम दाह संस्कार गरिएको छ ।

अकल्पनीय घटनाको सामना गर्नु पर्दा उनको परिवार र माइती पक्ष विक्षिप्त भएको छ । साथीभाई सबै मलिन् छन् । दाह संस्कारमा सहभागी मलामीजनको मन पनि भक्कानिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।