यसरी श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ ।

कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनास्थल प्रहरी चौकी बालुवाबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।