मृत भेटिएका वडा सदस्य सालीको कोठामा सुतेका थिए

धनगढी । कैलालीमा एक वडा सदस्यको मृत्यु भएको छ । आज (आइतबार) कैलारी गाउँपालिका–८ दुधिया गाउँ निवासी ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको हो ।

कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो कैलारीबाट आएका माधुरामको धनगढीमा मृत्यु भएको हो । उनको मृत्युमा आज कैलारी गाउँपालिकाको कार्यालय तथा कैलारी गाउँपालिका अर्न्तगतका सम्पूर्ण कार्यालयहरु एवम् सम्पूर्ण शिक्षण संस्थाहरुमा बिदा दिइएको छ ।

यता कैलाली प्रहरीले भने वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान थालेको छ । जिप्रका कैलालीका निमित्त प्रवक्ता तथा इन्सपेक्टर सन्तोष बस्यालले घटनाको अनुसन्धान थालिएको जानकारी दिए । प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका माधुराम धनगढीको शिवपुरी आसपासमा रहेको आफ्नी साली नाता पर्ने महिलाको कोठामा बसेका थिए ।

प्रेसरको बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएकोमा बिहान मृत्यु भएको हो । धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ भने उनकी सालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।-प्रेसपत्र

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।