तस्करबाट बरामद ६० किलो सुन उच्च गुणस्तरको

काठमाडौँ — चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ‘ब्रेक-सु’बाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट ठहरिएको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ शुद्ध रहेको पुष्टि भएको हो । सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ ।

तर, राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । जसअनुसार ‘९९९’ भनेको सबैभन्दा उच्च गुणस्तरको (शुद्ध) सुन हो । नेपालमा यति शुद्ध गुणस्तरको सुन धेरै कम रहेको राष्ट्र बैंक स्रोतले बताएको छ । नेपाल राष्ट्र बैंकलाई सुनको सिक्का (असर्फी) का लागि सबैभन्दा उच्च गुणस्तरको सुन चाहिन्छ । यसकारण सरकारको अनुमति पाएमा कानुन अनुसार उक्त सुन आफैंले खरिद गर्न तयार रहेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

तस्करबाट बरामद भएको सुन गत साता टक्सार महाशाखाले गालेको थियो । ‘ब्रेक-सु’बाट निकाल्दा सुनको परिमाण ६० किलो ७८९ ग्राम कायम भएकोमा त्यसलाई गाल्दा घटेर ६० किलो ७१६ ग्राम कायम भएको छ । सुन गालेर ‘बिस्कुट’ बनाएपछि राष्ट्र बैंकले सुनको गुणस्तर मापन गर्दा सबैभन्दा उच्च गुणस्तरको भेटिएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), राजस्व अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय र नेपाल राष्ट्र बैंक टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा गत साता ‘ब्रेक-सु’ बाट सुन निकालेर जोखिएको थियो । उक्त सुनलाई उल्लिखित निकायका प्रतिनिधिको रोहबरमा गत मंगलबार गालिएको हो । अब उक्त सुन राष्ट्र बैंकको ढुकुटीमै रहन्छ । मुद्दा विचाराधिन रहेकाले त्यसको टुङ्गो नलाग्दा सुन पनि राज्यकै ढुकुटीमै राख्ने कि राष्ट्र बैंकले खरिद गर्ने भन्ने टुङ्गो लाग्ने छैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।