सर्पदंशबाट १६ वर्षीय किशोरको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा सर्पदंशबाट एक किशाेरकाे मृत्यु भएकाे छ । परशुराम नगरपालिका-११ डौणीका १६ वर्षीय कृष्ण धामीकाे सर्पदंशबाट मृत्यु भएकाे हाे ।
आइतबार बिहान करिब २ बजे सर्पले डसेपछि अस्पताल लैजाने क्रममा बाटाेमै उनकाे मृत्यु भएकाे हाे ।
सडक सुविधाबाट टाढा रहेको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लैजाँदै गर्दै बाटाेमै मृत्यु भएकाे स्थानीय गणेश बोहराले बताए ।
धामी आलिताल गाउँपालिका ६ दोबाटामा रहेको सिद्धभगवती माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए ।


