गोरू प्रकरण चर्कँदै, धरपकड भए प्रतिरोध गर्ने अभियन्ताहरूको चेतावनी

विजयपुर । गोरू काटेर खाएको विषयलाई लिएर पछिल्लो समय सामाजिक सञ्जालदेखि चोक बजार तातिएको छ । धरानमा गत मंगलबार सार्वजनिक रूपमा गोरू काटेर मासु खाएको भन्दै पक्ष र विपक्षमा आवाज उठेको छ ।

गएको साउन ९ गते धरानको मंगलबारेमा गौहत्याको गरेको अभियोगमा विन्द्रा कुमार राई र राजन परियार पक्राउ परेका थिए । उनीहरू साउन २६ गते रिहा भए । साँस्कृतिक अभियन्ताहरूको सम्मान भन्दै साउन ३० गते साँस्कृतिक अधिकार संरक्षण समिति र नेपाल आदिवासी जनजाति महासंघ धरानले कार्यक्रम राखेको थियो । जहाँ सामाजिक संघसंस्था र राजनीतिक दलका करिब सय बढी सहभागी भएका थिए । मंगलबारे चोकमा भएको कार्यक्रम र गोरूको मासु खाँदै गरेको तस्वीर, भिडियो र वक्ताहरूले समर्थनमा दिएको भाषण सार्वजनिक भएपछि हिन्दूवादी संघसंगठनहरूले आफूहरूको आस्थामा ठेस पुगेको भन्दै विरोध गरेका थिए । उनीहरूले विराटनगर, बिर्तामोड, चिवतन लगायतका सहरमा गौहत्याविरुद्ध प्रदर्शन पनि गरे ।

नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावर करार गरेको र गौहत्या दण्डनीय भएको भन्दै सरकारले कार्वाही गर्नुपर्ने माग राखेका छन् । यसमा विश्व हिन्दु युवा संघ, नेपाल सन्त समाज, वैदिक सनातन धार्मिक महासंघ लगायतले विरोध गरेको थियो । हिन्दू राष्ट्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत धरानमा भएको घटनालाई लिएर आपत्ति जनाएको थियो । नेपालमा गाई–गोरु वध गरेबापत हालको मुलुकी अपराध (संहिता) ऐन, २०७४, परिच्छेद–२७ मा ‘गाई, गोरु मार्न वा कुट्न नहुने’ भन्दै तीन वर्ष कैद र ५०,००० (हजार जरिवानासहितको दण्ड सजायको व्यवस्था गरेको छ ।

गाेहत्या गरेको भन्दै विराेध प्रदर्शनमा हिन्दूवादी युवाहरू ।

धरपकड भए प्रतिकार गर्छौँ – १६ घटक संघसंगठनहरू

गोरू काटेर खाएको आरोपमा पुनः धरपकड भए सशक्त प्रतिरोध गर्ने साँस्कृतिक अभियन्ताहरूले जनाएका छन् । उनीहरूले धर्मनिरपेक्षता र आदिवासी समुदाय लगायत अल्पसंख्यकहरूको साँस्कृतिक अधिकारमाथि आक्रमण भए प्रतिकार गर्ने बताएका छन् ।

‘आदिवासी जनजातिको बाहुल्यता रहेको धरानमा केही समय अघिदेखि समाजिक सद्भाव भड्काउने कोणबाट सङ्गठित रुपमा विभिन्न साम्प्रदायिक अभिव्यक्ति आउन थालेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यी साम्प्रदायिक विचारहरुले सङ्गठित समूह वा गुटहरुलाई फाइदा भए पनि समग्ररुपमा नेपालमा विखण्डन ल्याउने प्रष्ट छ । साङ्गठनिक रुपमा आएका यस्ता साम्प्रदायिक विचारहरुमा हामी घोर भत्र्सना गर्दछौँ,’ शनिबार १६ संघसंगठनहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानले स्वीकार गरेको विविधतालाई कुनै समूह वा गुटले आप्mनो स्वार्थप्रेरित परिभाषा गर्दै साम्प्रदायिक विचार फैलाउनु दण्डनीय अपराध भएको हाम्रो ठहर छ । नेपालीबीचको सद्भाव भड्काउने यस्ता तत्वहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन हामी माग गर्दछौँ । अन्यथा, साम्प्रदायिक विचारहरुले भविष्यमा ल्याउन सक्ने घटनाको जिम्मेवार स्वयम् सम्बन्धित पक्ष हुने जानकारी गराउँछौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘गाई वध गरी मासु खाएकै कारण निर्दोष उत्पीडित जनतालाई जेल हाल्ने यो विभेदकारी कानुन खारेज गरेर तत्काल नेपाली जनताको खाद्य एवं सांस्कृतिक मानवअधिकारको सुनिश्चित गरियोस् विभेदकारी कानून खारेज नै आजको हाम्रो एक सूत्रीय माग हो । हाम्रो मागप्रति बेवास्ता गर्दै यो राज्यले थप दमनकारी नीति अवलम्बन गर्यो र हामीमाथि निरन्तर दमन गरियो भने त्यसको सशक्त प्रतिरोध र जनप्रतिरोधबाट त्यस्ता कानुन खारेज गर्न हामी बाध्य हुनेछौँ ।’

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा सांस्कृतिक अधिकार संरक्षण समितिकाअध्यक्ष सुवासचन्द्र हुक्पा चोङवाङ, नेपाल आदिवासी जनजाति महासंघ, उपमहानगर समन्वय परिषद धरान एवम् आबद्ध सबै १३ जातीय संस्थाहरूको तर्फबाट सचिव मनोहर शाक्य, युमा साम्यो महासभा सुनसरी अध्यक्ष मती बहादुर मेन्याङ्वो, किरात धर्म तथा साहित्य उत्थान संघकी दिपकला लिम्बु, क्रिश्चियन समाज नेपाल, प्रदेश नम्बर एकका मेहरमान ह्युज छन् ।

यस्तै, जनता समाजवादी पार्टी, नेपाल धरान अध्यक्ष ताजुव लिम्बु, नागरिक उन्मुक्ति पार्टी (एकीकृत)का देउमान लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टी(७ घटक)का विष्णु थाम्देन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राज कुमार लिम्बु, राजमो(७ घटक)कै सुनसरी अध्यक्ष श्याम भुजेल, लिम्बुवान काङ्सोरे फोर्सका सञ्जय कुमार राई, संघीय लिम्बुवान पार्टी नेपालका अमन श्रेष्ठ, मंगोल नेशनल अगर्नाइजेसन डीजीजीका दिनेश बान्तावा, समाजवादी युवा संघ, सुनसरीका करुण राई, संघीय खम्बुवान लोकतान्त्रिक पार्टीका राहुल राई, किरात विद्यार्थी संघ, केन्द्रीय सदस्य उपार्जन चाम्लिङ र पहिचानका लागि युवा सुनसरी संयोजक राजु के राई रहेका छन् ।

यसैगरी, आफ्ना साँस्कृतिक अभियन्ताहरूलाई तनाव दिने, यातना दिने या सामाजिक सद्भावमा खलल पु¥याउने तत्वविरुद्ध संघर्ष गर्न तयार रहेको भन्द्रै किरात विद्यार्थी संघका महासचिव निराजन किरातीले समेत विज्ञप्ति निकालेका छन् । राष्ट्रिय जनमुक्ति पार्टी(७ घटक) को तर्फबाट अध्यक्ष श्याम कुमार भुजेल र सचिव सिताराम राईले समेत विज्ञप्ति प्रकाशन गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।