प्याज किलोकै एकसय रुपैयाँ

काठमाण्डाै – भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरे लगत्तै नेपाली बजारमा त्यसको प्रभाव देखिएको छ । व्यापारीले यसअघि नै आयात भइसकेको प्याजको मूल्य बढाएका छन् ।

भारतले गएको शनिवार निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको थियो । यतिबेलासम्म नेपाली बजारमा खुद्रा पसलमा प्याज किलोको ५० देखि ६० रुपैयाँमा पाइन्थ्यो । काठमाण्डौको मुख्य थोक बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा आज पनि प्याज किलोको ६० देखि ६२ रुपैयाँ थोक मूल्य छ । तर, भारतले कर लगाए लगत्तै खुद्रा पसलमा प्याजको मूल्य किलोको एक सय रुपैयाँसम्म पुगिसकेको छ ।

व्यापारीले मौकाको फाइदा उठाउँदै पहिल्यै आयात भएको प्याजको मूल्य समेत बढाएर कालोबजारी गरेका छन् । प्याजलगायत तरकारी नेपालमै प्रशस्त उत्पादन हुने भए पनि बजार नपाउँदा खेती घट्दै गएको छ । भारतसँग निर्भरता बढ्दा उपभोक्ताले महँगीको मार खेप्नु परेको छ ।

प्याजमा आत्मनिर्भर हुन भन्दै केही वर्ष पहिले सरकारले प्याज मिसन कार्यक्रम ल्याएको थियो । तर, त्यो प्रभावकारी हुन सकेन । प्याजलगायत तरकारीले बजार नपाउने गरेको किसानले गुनासो गर्दै आएका छन् । सिजनको समयमा भारतबाट सस्तोमा आयात हुँदा स्वदेशी उत्पादन खेर जान्छ । अहिलेको जस्तै अफसिजनमा आयात रोकिँदा नेपालमा महँगो हुन्छ ।

कृषि विज्ञले प्याज, गोलभेँडालगायत तरकारीमा आत्मनिर्भर हुन सकिने भन्दै किसानलाई प्रोत्साहन दिन आग्रह गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।