पुरुष भन्दा महिला निर्देशक सहज : स्वस्तिमा खड्का

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले पुरुष निर्देशक भन्दा महिला निर्देशकसँग काम गर्न झनै सजिलो महसुस गरेको बताएकी छन् । मेकअप, हेयर, पात्र निर्माणदेखि ड्रेससम्म पुरुषका तुलना महिला निर्देशकको सहभागिता बढी सहज हुने उनको भनाइ थियो ।

‘पुरुष निर्देशकको मेकअप, हेयरदेखि ड्रेससम्म सहभागिता कम हुन सक्छ’, उनले भनिन् ‘फिल्म मेकिङमा भने मेल र फिमेल भनेर हेर्नु उचित पक्कै होइन ।’

स्वस्तिमा भदौ १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐँचो पैँचो’ को प्रचारप्रसारमा दौडिरहेकी छन् । यही सिलसिलामा उनले फिल्मको भूमिका छनौटको विषयमा पनि कुरा गरेकी छन् ।

पछिल्लो समय फिल्ममा फरक फरक भूमिकामा देखिँदै आएकी स्वस्तिमाले फरक भूमिका छनौट गर्नु एउटै नअल्झिनु रहेको बताइन् । ‘दर्शकले आफूलाई कुटुमा कुटु र बुलबुलकी कलाकार भनेर मात्र नचिनोस् भन्ने छ’, उनले थपिन् ‘त्यही भएर म फरक फरक भूमिकामा देखिँदै आएको छु ।’

‘ऐँचो पैँचो’ अभिनेत्री समेत रहेकी कृषा चौलागाइले निर्देशन गरेकी हुन् । कृषाको यो निर्देशनमा डेब्यु फिल्म हो । डेब्यु फिल्मको रिजल्ट जे भए पनि आफ्नो निर्देशन यात्रामा केही फरक नपर्ने उनले बताइन् ।

अभिनेता मकुनु भुसालले फिल्म उद्योग किराना पसलजस्तो नभएको बताए । बलिउड फिल्म ‘पठान’मा सलमानले शाहरुख खानलाई साथ दिँदा व्यापार सफल भएजस्तै नेपालमा पनि अव कलाकार हुन् वा मेकर सबैले एक अर्काको फिल्मलाई साथ दिने बेला भएको बताए ।

‘एकअर्काले साथ दिने हो भने फिल्मको बजार फस्टाउन गाह्रो हुँदैन । कलाकारको इगोले फिल्म बजार बिग्रिएको जस्तो पनि लाग्छ’ भुसालले थपे ।

फिल्ममा स्वस्तिमा खड्का, मकुनु भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, राजाराम पौडेल, शारदा गिरी, बुद्धि तामाङ, विशाल पहारी, रमेश बुढाथोकी, रविन्द्र झा, सुमन मोटेको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायाङ्कन, विपिन मल्ल र भूपेन्द्र अधिकारीको सम्पादन, अभिमन्यू निरवीको कथा र कविराज गहतराजको नृत्य निर्देशन रहेको फिल्म प्रीतम लामिछाने र आध्या लामिछानेले निर्माण गरेका हुन् । विशाल चौलागाईं फिल्मका सह निर्मातामा रहेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖