सन्नी देओलको घरको लिलामी ? बैंकले निकाल्यो सूचना
अभिनेता तथा भाजपा सांसद सन्नी देओलको मुम्बईस्थित जुहू बङ्गलाको लिलामी सूचना फिर्ता लिइएको छ । सोमबार बैंक अफ बडोदाले एक पत्रिकामा विज्ञप्ति जारी गरी सूचना फिर्ता लिएको बारेमा जानकारी गराएको छ।
यसअघि बैंकले ५६ करोड ऋण ई–लिलामीमार्फत असुली गर्न सूचना जारी गरेको थियो । यो लिलामी अगस्ट २५ मा हुने तयारीमा थियो ।
बैंकले पञ्जाबको गुरदासपुरका सांसद सन्नी देओलले डिसेम्बर २०२२ देखि बैंक अफ बडोदाको ५५.९९ करोड भारुको ऋण तिर्न नसकेकोले यो सम्पत्ति ई–लिलामी गरिने बताएको थियो ।


