विमानभित्र यात्रीले रगतको बान्ता गरे, उडानकै क्रममा मृत्यु

एजेन्सी/सोमबार मुम्बईबाट राँचीका उडान भरेको इन्डिगोको विमानमा एक यात्रुको मृत्यु भएको छ । यात्रीले रगतको बान्ता गर्न सुरु गरेपछि विमानले नागपुरमा आकस्मिक अवतरण गरेको थियो तर यात्रीको ज्यान जोगाउन सकिएन ।

नागपुर विमानस्थलस्थित किम्स अस्पतालले एक ६२ वर्षीय पुरुष यात्रुलाई मिर्गौला र क्षयरोगको रोग लागेको र यात्राको क्रममा रगत बान्ता हुन थालेको जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा यात्रुले विमानमा धेरै रगत बान्ता गरेको र अस्पतालमा मृतक अवस्थामा ल्याइएको बताइएको छ ।

राति करिब आठ बजे, यात्रुले रगत बान्ता गर्न थाले । त्यसपछि पाइलटले नागपुरमा आपत्कालीन अवतरण गर्ने निर्णय गरे ।

इन्डिगो एयरलाइन्सले एक विज्ञप्तिमा भन्यो, ‘मुम्बईबाट राँचीका लागि इन्डिगोको उडान सिक्स ई ५०९३ लाई मेडिकल इमर्जेन्सीका कारण नागपुरमा अवतरण गरिएको थियो, यात्रुलाई उपचारको लागि अस्पताल लगिएको थियो । तर दुर्भाग्यवश यात्रुलाई बचाउन सकिएन । हाम्रो समवेदना र प्रार्थना उहाँको परिवार र प्रियजनहरूसँग छ ।’

पछिल्लो समय विमानस्थलबाट कसैलाई मृत अवस्थामा अस्पतालमा ल्याइएको यो दोस्रो पटक हो । गत हप्ता, नागपुर–पुणे उडानको प्रतीक्षामा इन्डिगो एयरलाइन्सका ४० वर्षीय पाइलटको मृत्यु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।