जमिनभन्दा २ सय ७४ मिटरमाथि झुन्डिरहेकाे केबलकारबाट २ जना बालककाे उद्धार

एजेन्सी । पाकिस्तानमा एउटा नदीमाथि आकाशमा झुन्डिरहेको केबलकारबाट दुई जना बालकको १० घण्टापछि उद्धार भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै बालककाे स्वास्थ्य अवस्था सामान्य छ । केबलकारमा रहेका पाँच विद्यार्थी र एक शिक्षकलाई पनि उद्धार गर्ने प्रयास भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ । केबलकारमा छ जना बालबालिकासहित आठ जना रहेका थिए । ती बालबालिका विद्यालय जान केबलकार चढेका हुन् । तर एउटा तार चुँडिएपछि केबलकार जमिनभन्दा दुई सय ७४ मिटरमाथि झुन्डिरहेको छ ।

उद्धारका लागि केबलकार नजिक सेनाका हेलिकप्टरहरू पुगे पनि तीव्र गतिकाे हावाका कारण समयमा उद्धार हुन सकेको थिएन । हेलिकप्टरका पङ्खाले केबलकारलाई अस्थिर बनाउन सक्ने चिन्ता पनि देखिएको उद्धार कार्यमा संलग्न एक अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

उत्तरी पाकिस्तानका दुर्गम पहाडी गाउँहरूमा केबलकार नियमित यात्रा गर्ने साधन बनेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।