इलाममा आफ्नै १४ वर्षीया नातिनीलाई हजुरबुबाले गर्भवती बनाएपछि…

इलाम । आफ्नै १४ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरी गर्भवती बनाएको आरोपमा इलामका एक व्यक्ति पक्राउ परेका छन् । ६५ वर्षीय ती व्यक्तिले आफ्नै छोराकी छोरीलाई एक वर्षयता करणी गर्दै आएको र उनको चार महिनाको गर्भ रहेको खुलेको जनाइएको छ ।

दुई दिनअघि पक्राउ गरिएका ती व्यक्तिलाई जिल्ला अदालतबाट आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

पछिल्लो एक वर्षयता बालिकालाई पटक–पटक करणी गरेको र गर्भसमेत रहेको पीडितको स्वास्थ्य जाँचबाट थाहा भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी प्रकाश जवेगुले बताए । आरोपित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।