काठमाण्डौको बुद्धनगरमा दाम्लोसहित भागेको भैँसी समात्न प्रहरी परिचालन

काठमाण्डौ – काठमाण्डौको बुद्धनगरमा भैँसी समात्न प्रहरी खटिएका छन् ।

पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन ।

अरुलाई हान्न सक्ने जोखिम रहेकाले निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।

भैँसी भागेर बुद्धनगरको ज्ञान निकेतन स्कुलको हाताभित्र छिरेको छ ।

भैँसीलाई त्यहीँबाट समात्न प्राविधिक टोलीलाई खबर गरिएको प्रहरीले जनाएको छ ।

यसअघि २०७५ साल फागुनमा काठमाण्डौको चन्द्रागिरि मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको ज्यानै गएको थियो ।

मानिसको ज्यान लिएको राँगोलाई प्रहरीले गोली हानेर मारेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।