विद्यालयमा विद्यार्थी बेहोस भएर ढलेपछि….

मेचीनगर । झापाको मेचीनगर-६ स्थित काँकडभिट्टा माविमा अध्ययनरत विद्यार्थी बेहोस हुन थालेपछि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी स्वास्थ्यकर्मी सहितको टोली लिएर विद्यालय पुगेका छन् ।

केही दिन अघिदेखि काँकडभिट्टा माविमा अध्ययन गर्न आउने विद्यार्थीहरू एक दुई जना बेहोस हुने क्रम रहेकोमा आइतबार मात्रै कक्षा ७ मा अध्ययनरत १३ जना छात्राहरू कक्षा कोठामा नै चिच्याउने, काम्ने, तथा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समेत केही समस्या भएको प्रअ हरि न्यौपानेले बताए ।

दिउँसो कक्षा चलिरहेका बेला कक्षा ७ का विद्यार्थी बेहोस भएर ढलेका हुन् । विद्यार्थीहरू चिच्याउने, काम्ने, र बेहोस हुन थालेसँगै पठनपाठनमा समेत समस्या हुन थालेपछि नगरप्रमुख बुढाथोकी विद्यार्थीको अवस्था बुझ्न र स्वास्थ्य उपचार गर्न विद्यालय पुगेका थिए । उनले आफूसँगै जनप्रतिनिधि र मेचीनगरका स्वास्थ्यकर्मी सबै विद्यार्थीकै साथमा रहेको बताउँदै नअत्ताली आफ्नो आत्मबल उच्च राख्न सुझाए ।

उनीहरूलाई गर्मी र मास हिस्टेरीको लक्षण देखिएको मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाले बताइन् । उनले अहिले विद्यार्थीको अवस्था सामान्य रहेको जानकारी दिइन् । मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकी, वडा नम्बर १० का वडाध्यक्ष नारायण खनाल, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, स्वास्थ्य शाखा प्रमुख सविता सापकोटालगायत स्वास्थ्यकर्मीले विद्यार्थीलाई आत्मबल बढाउन सचेतना दिएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।