भूमिहीनको एउटै प्रश्न, लालपुर्जा पाउने कहिले ?

देउखुरी (दाङ) : घोराही उपमहानगरपालिका–१६ को कपासीमा एउटा बस्ती छ । त्यही बस्तीमा बस्नुहुन्छ, साबी चौधरी । अरु थुप्रै कमैयालाई २३ वर्षअघि साउनको झरीमा उद्धारपछि जिल्ला प्रशासन कार्यालयको जग्गामा बसालियो । हतारमा बसालिएका मुक्त कमैयालाई पछि दीर्घकालीनरूपमा व्यवस्थापन गर्छौं भन्नेहरू कता हराए उहाँले सोध्नुभयो । साबी जस्तै मुक्त कमैया शिविरमा बस्दै आएकाहरूको अवस्था हिजो जस्तो थियो आज पनि उस्तै अलपत्र अवस्थामा छ ।

“जिल्ला प्रशासनको जग्गामा बसेको २३ वर्ष बित्यो । हिजोजस्तो अवस्थामा हामीलाई छाडियो आज पनि दैनिकी उस्तै छ । हामीसँग बस्ने आफ्नो बास छैन । सरकारी जग्गामा बसेर कति दिन पुग्ला ?”, साबीले भन्नुभयो, “हामीलाई कहिले स्थायीरूपमा व्यवस्थापन गरिन्छ ? आशा गर्दा गर्दै हाम्रो जीवन बित्न लाग्यो । मुक्त कमैयालाई लालपुर्जा कहिले मिल्छ ?”

सोसाइटी वेलफेयर एक्सन नेपाल स्वान र जिल्ला भूमि अधिकार मञ्च, दाङको आयोजनामा आज घोराहीमा भएको सरोकारवाला निकायसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी संवाद कार्यक्रममा साबीले मुक्त कमैया भएकैभरमा राज्यले प्रमाणविना सेवा नदिँदा धेरै अवसरबाट वञ्चित हुनुपरेको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो, “सीपमूलक काम सिकाए पनि रोजगार गर्न सकिन्थ्यो । आफ्नै पेट पाल्न गाह्रो छ । अझ बालबालिका कसरी पढाउने, उनीहरूको भविष्य कसरी सुरक्षित गर्ने भन्ने कुराले चिन्ता थपेको छ, आफ्नो जग्गा भएको भए कम्तीमा राज्यबाट पाउने सेवा सहजरूपमा पाउन सजिलो हुने थियो ।”

राप्ती गाउँपालिका–१ लालमटियाको सुकुम्बासी टोलका टेकबहादुर रावतले लामो समयदेखि आफूहरूको समस्या सुनुवाइ हुन नसकेको बताउनुभयो । उहाँले जिल्लामा रहेका कमैयाको अवस्थामा अझै पनि सुधार हुन नसकेको जानकारी गराउनुभयो । जिल्लामा छुट कमैया तीन हजार छ सय २९ जना रहेको र यसका बारेमा आयोगले सोच्नुपर्ने उहाँको भनाइ थियो ।

घोराही उपमहानगरपालिका–१६ की गीता थापाले गरिबलाई प्रयोग गरेर नेताहरूले बारम्बार राजनीति गरेको दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “हामीलाई प्रयोग गरेर राजनीति धेरै गरियो । गरिबको समस्या कहिल्यै समाधान भएन । काम हुँदैछ भन्न लागेको पनि वर्षौं बित्यो । हामीले धेरै दुःख व्यहो¥यौँ । हाम्रा बालबालिकाले पनि उही नियति भोग्नुपर्ने भइसक्यो, के हामीले सुखको सास फेर्न नपाउने हो ? चुनावको खेलौना बनाउने कि गरिबका समस्या समाधानमा ध्यान दिने नेताज्यू ?”

घोराही–१४ झिगौराका प्रवीण दहित थारुले स्वर्गद्वारी गुठीको मोही जग्गा उपभोगमा समस्या भएको बताउनुभयो । “मोहीको जग्गा उपभोग गर्न पाएनौँ । पुस्तैनीरूपमा मोही हक रहेको जग्गामा भोगाधिकार नभएको अवस्था छ”, उहाँले भन्नुभयो, जिल्लामा तीन हजार मोही किसान घरबारविहीन हुनुपरेको छ । मोही हक अधिकार कहिले पाउने हो ?”

स्वानका कार्यक्रम संयोजक रेमन्त चौधरीले सरकारी जमिनमा बसेकाको हकमा जसको जग्गा हो उसकै नाममा व्यवस्थापन गर्ने र तोकिएको जग्गाअनुसारको क्षेत्रफलमा लक्षित समुदायलाई पछि अन्यत्र सार्न सुझाव दिनुभयो ।

सो अवसरमा राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीले जिल्लामा हालसम्म अभिलेख भएका भूमिहीन, अव्यवस्थित बसोबासी, सुकुम्बासीको लालपुर्जा प्राप्तिको प्रक्रियामा स्थानीय सरकारले कम चासो दिँदा अपेक्षाकृतरूपमा काम अघि बढ्न नसकेको बताउनुभयो ।

अध्यक्ष रेग्मीले विगतमा कर्मचारी गठन आदेशले दिएको व्यवस्थामा चालु आर्थिक वर्षको बजेट २५ प्रतिशत कटेर आएकाले कर्मचारी खटनपटनमा समस्या भएको र यसकै कारण उत्साहजनकरूपमा काम हुन ढिलाइ भएको बताउनुभयो ।

यसैगरी, आवेदकले पेस गरेको कतिपय लालपुर्जाबाहेकका विषयको आधारको प्रमाण फेला पार्न समस्या भएको भए पनि उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर विगतका आयोगले वितरण गरेका अस्थायी पुर्जालाई स्थायी बनाउने काम भइरहेको दाबी गर्नुभयो ।

जिल्लामा ७६ हजार फाइल पेस भएको र सबै फाइलको छानबिनदेखि स्थलगतरूपमा कामलाई अघि बढाइएको उहाँको भनाइ छ । आयोगले सहजीकरण गर्ने र स्थानीय तहले यसको ठोस कार्यान्वयनका लागि पहल लिनुपर्नेमा पालिकामा पनि भएको ढिलाइले यसको असर लक्षित समुदायमा परेको उहाँले बताउनुभयो । “कर्मचारी गठन आदेशले दिएको व्यवस्थामा बजेट २५ प्रतिशत कटेर आयो । यसले समस्या भयो । त्यसभन्दा पनि अझ भन्ने हो भने केही स्थानीय तहका जनप्रतिनिधिले यो विषयमा चासो कम दिएका कारण पनि समस्या थपिएको हो”, उहाँले भन्नुभयो, “कर्मचारी अभावमा काम उत्साहजनक भएन । जटिलताका कारण अधुरा काम पूरा गर्न सकस भयो ।”

आयोगका सदस्य गोविन्द रेग्मीले जिल्लाका सबै स्थानीय तहमा आयोगले काम जारी राखेको हुँदा धैर्य गर्न सबैमा आग्रह गर्नुभयो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका सुदाम भट्टले केन्द्रका तर्फबाट प्रदान गरिने सेवामा कार्यविधिले दिएको अधिकारभन्दा बाहिर जान नसक्दा कतिपय काम लक्षित समुदायमा पु¥याउन समस्या पर्ने गरेको बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।