करेन्ट लागेकी पत्नीलाई बचाउन गएका अर्जुनधाराका अमृतको मृत्यु

झापा । करेन्ट लागेकी पत्नीलाई बचाउन खोज्दा अर्जुनधारा–९ कटहरडाँडाका २४ वर्षीय अमृत रेग्मीको आज मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर कुटी काटिरहेकी पत्नी ममता रेग्मी (२२ वर्षीया)लाई करेन्ट लागेको देखेपछि बचाउन गएका अमृत आफै करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

तत्कालै उपचारका लागि लैजाँदै गर्दा अमृतको मृत्यु भयो । उनकी पत्नी ममताको हाल बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

इलाम–२ स्थायी घर भएका रेग्मी दम्पत्ति हालसालै अर्जुनधारा–२ कटहरडाँडामा आएर बसोबास गरिरहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।