कलेज बसको ठक्करबाट एक जनाको मृत्यु

जनकपुरधाम । जनकपुरधामस्थित मिट क्याम्पसको बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ ।

जनकपुरधाम जलेश्वर सडकखण्ड अन्तर्गत जलेश्वर नगरपालिका–९ परकौली चोकस्थित दामोदर स्कुल अगाडी भएको दुर्घटनामा सोही ठाउँ बस्ने वर्ष ३५ का सन्तोष यादवको मृत्यु भएको हो ।

बिहान साढे ११ बजेको समयमा जलेश्वरबाट जनकपुरधाम जाँदै गरेको ज८प ९२६७ नम्बरको मोटरसाइकललाई बा२क १५३६ नम्बरको कलेजको बसले ठक्कर दिँदा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।

GCI COLLEGE
घाइते भएका यादवको जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले बताए । ठक्कर दिएको बस प्रहरीको नियन्त्रणमा रहे पनि चालक फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालकको खोजी कार्य तीव्र बनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।