मलेसियामा झापाका गोपाल बेपत्ता,खोजी गरिदिन अपिल

झापा, ७ भदौ : वैदेशिक रोजगारीका लागि १८ वर्षअघि मलेसिया गएका मेचीनगर नगरपालिका– ६ का गोपाल घिमिरे सम्पर्कविहीन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेको छ ।

राज ओभरसिज मेनपावर कम्पनीमार्फत २०६१ चैत ८ गते घिमिरे ‘प्रोडक्सन अपरेटर’ कामका लागि श्रम अनुमति पत्र पाएर मलेसिया जानुभएको थियो । मलेसिया पुगेको एक सातापछि आफूमाथि ‘गैरकानुनी कामदार’ भएको आरोप लागेको जानकारी घरमा पठाएका उहाँको त्यसपछिको वास्तविक अवस्थाबारेमा परिवारसमेत बेखबर छ ।

‘गैरकानुनी कामदार’ भएको आरोप लागेपछि घिमिरेले सम्पर्क गरेर आफू अप्ठ्यारोमा रहेको पटकपटक जानकारी दिने गरेको र विगत छ वर्षयता सम्पर्कसमेत टुटेको उहाँकी आमा सानी ढकाल घिमिरेले बताउनुभयो । विदेश जाँदा १९ वर्षका घिमिरेको उमेर अहिले ३७ वर्ष पुगिसकेको छ ।

“छ वर्षदेखि छोराको कुनै खुटखबर छैन”, उहाँले भन्नुभयो, “मलेसिया पुगेको सात–आठ दिनमै ‘इलिगल’ भएको आरोप लगायो आमा भनेर फोन गरेको थियो, अहिले मेरो छोरा जे–जस्तो अवस्थामा भए पनि खोजी गरिदिनुप¥यो ।” वैदेशिक रोजगारीमा पठाउने मेनपावर कम्पनीको कुनै गल्तीका कारण ‘गैरकानूनी’ कामदारको आरोपमा घिमिरे मलेसियाको कुनै जेलमा हुनसक्ने परिवारको आशङ्का छ ।

उहाँकी आमाले मेनपावर कम्पनीसँग भएका विभिन्न सम्झौताका कागजपत्र र फोटो बोकेर विभिन्न निकाय तथा जनप्रतिनिधिको ढोका ढक्ढकाइसकेको बताउनुभयो । तैपनि कतैबाट अहिलेसम्म उद्धार एवं खोजीको पहल नभएको उहाँको गुनासो छ ।

“वडाध्यक्षलाई भेटेँ, पुलिसलाई भेटेँ”, उहाँले भन्नुभयो, “सबैले कुरा सुन्नुभयो, कागजपत्र हेर्नुभयो र हुन्छ खोजी गर्न लगाइदिउँला भन्नुहुन्छ, काम चाहिँ कसैले पनि गरिदिनु भएन ।” उहाँले छोराको खोजी गरेर उद्धार गरिदिन नेपाल सरकारसँग अनुरोध गर्नुभएको छ ।

मलेसियाको ‘एक्सडी एसडिएन बिएचडी’ नामक कम्पनीमा मासिक आधारभूत सात सय आरएम पारिश्रमिक दिने भनेर राज ओभरसिज प्रालिले घिमिरेलाई मलेसिया पु¥याएको रोजगारसम्बन्धी सम्झौता पत्रबाट थाहा भएको छ ।

घिमिरेको पासपोर्ट नं २४०१३४७ रहेको छ । रोजगारसम्बन्धी सम्झौतापत्रमा मलेसियाको क्वालालम्पुरस्थित तत्कालीन शाही नेपाली राजदूतावासले प्रमाणित गरी छापसमेत लगाएको छ । श्रम तथा रोजगार प्रवद्र्धन विभागले २०६१ चैत ८ गते दिएको अन्तिम स्वीकृति पत्रअनुसार राज ओभरसिज प्रालिमार्फत झापाका घिमिरेलगायत २९ नेपाली युवा एकैखेपमा मलेसिया गएको पुष्टि भएको छ । ती सबै नेपाली कामदार मलेसियाको एक्सडी एसबी कम्पनीमा काम गर्नका लागि भनेर गएका थिए ।

घिमिरेसँगै मलेसिया गएका अन्य नेपालीमा भीमबहादुर तामाङ, विनोद लिम्बू, बुद्धबहादुर भारती, छम्मसिंह थापा, धनसिंह विष्ट, गणेश भण्डारी, गौरी भण्डारी, गेदलाल मगर, गौरीप्रसाद थापा, गुरुराज पौडेल, लक्ष्मणप्रसाद कहर, लोकबहादुर रानामगर, मदनसिंह विष्ट, मनोज सुवेदी, मोहनप्रसाद खतिवडा, नवराज वस्ती, नीरबहादुर लिम्बू, ओमबहादुर ढकाल, पदमसुन्दर बुढाथोकी, पौरसिंह विष्ट, प्रकाश भुजेल, रविन राई, राजु गिरी, सन्तबहादुर खड्का, सुदर्शन बस्ताकोटी, सुनिल थापा, तेजबहादुर घर्ती र तीलबहादुर दाहाल रहेको वैदेशिक रोजगार विभागले जारी गरेको अन्तिम स्वीकृति पत्रमा उल्लेख छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।