पर्यटकको आकर्षक गन्तव्य धारागोला

झापा, ८ भदौ ः जिल्लाकै अग्लो टाकुराका रुपमा परिचित बुद्धशान्ति गाउँपालिका–७ मा रहेको धारागोला पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

आदिवासी जनजातिको बाक्लो बसोबास रहेको सो स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न नौ वर्ष अघिदेखि युवाहरु सक्रिय थिए । युवाहरुको सक्रियता र पछिल्लो समय तीनै तहका सरकारको सहयोगले धारागोला आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको वडा नं ७ का वडाध्यक्ष चन्द्रप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार सङघ, प्रदेश र स्थानीय सरकारको हालसम्म सो स्थानमा रु एक करोड २० लाख खर्च भइसकेको छ । उहाँले हाल धारागोलामा पाँच तले दृश्यावलोकन स्तम्भ, हरित पार्क र विभिन्न देवीदेवताका आकर्षक मूर्ति बनाएर सजाइएको बताउनुभयो ।

स्तम्भ निर्माणको लामो समय बितिसकेका कारण यसको संरक्षण, संवद्र्र्धन र पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले वार्षिक रु ६० हजार वडालाई तिर्ने सर्तमा ठेक्का लगाइएको उहाँको भनाइ छ । स्थानीय होटल व्यवसायी यामबहादुर लिम्बूले एक वर्षका लागि स्तम्भ ठेक्कामा लिनुभएको उहाँले जानकारी दिनुभयो । “धारागोलाबाट तराईको मनोरम दृश्य हेर्न सकिन्छ”, उहाँले भन्नुभयो, “ठेक्का लगाएका छौँ, तर भ्युटावरमा चढ्न पर्यटकबाट कति रकम लिने भनेर आइतबार बस्ने कार्यपालिका बैठकले मात्र निर्धारण गर्छौं ।” उहाँले यहाँ आउने पर्यटकलाई बसोबासका लागि घरबास सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।

करिब दुई बिघा क्षेत्रफलमा फैलिएको जग्गामा पर्यटन मन्त्रालयबाट गत वर्ष प्राप्त रु ५० लाख र जनश्रमदानबाट रु १२ लाख सङ्कलन गरेर हरित पार्क निर्माण गरिएको छ । मेची राजमार्ग नजिक रहेको धारागोलामा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि विसं २०७१ मा प्रथम धारागोला महोत्सवको आयोजनासमेत गरिएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।