६० किलो सुनको अनुसन्धानमा प्रहरीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौं । ६० किलो सुन बरामद प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग मागेको छ ।

सीआईबीले इन्टरपोल बेइजिङमार्फत हङकङ सब–ब्यूरो र भारतको नेश्नल सेन्ट्रल ब्यूरो (दिल्ली) लाई सहयोग माग्दै पत्राचार गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर ३ साउनमा बरामद सुन हङकङबाट आएको थियो । त्यसैले सुन पठाउने व्यक्तिहरु र त्यहाँको थप नेक्ससबारे सूचना प्रहरीले हङकङस्थित इन्टरपोलका अधिकारीहरु मागेको छ ।

नेपालमा बरामद सुनको गन्तव्य भारत भएकाले त्यहाँ अधिकारीहरुसँग पनि सहयोग मागिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । साथै, नेपालमा सुनसहित पक्राउ परेका चिनियाँ नागरिकहरु यसअघि भारतमा पनि पक्राउ परेको सूचना प्रहरीले पाएको छ ।

भारतको राजश्व अनुसन्धान निर्देशनालयले चलाएको अपरेशनमा विभिन्न सामग्रीभित्र राखेर आएको सुन बरामद भएको थियो । त्यसबेला हाल नेपालमा पक्राउ परेका चिनियाँ नागरिकहरुमध्ये नै पक्राउ परेको प्रहरीले प्राम्भिक विवरण फेला पारेको छ ।

‘त्यसैले थप तथ्य माग्दै पत्राचार गरेका छौं’, सीआईबी स्रोतले अनलाइनखबरसँग भन्यो, ‘हङकङ र भारतबाट प्राप्त हुने सूचना अनुसन्धानमा निकै सहयोगी हुने अपेक्षा गरेका छौं ।’

प्रकरणमा प्रहरीले चिनियाँ नागरिक ओ फुछङ्, ली वन् सुङ, डिङ सेल्फा, ली नेङ्काई लगायतलाई पक्राउ गरेको छ । सेल्फा र नेङ्काईलाई प्रहरीले ललितपुरको डाउन टाउन अपार्टमेन्टमा छापा मारेर पक्राउ गरेको थियो ।

उनीहरुसँगै बस्ने प्रबन्ध मिलाइदिने ठमेलस्थित केटीबी काराओके रेष्टुरेन्टका दुई सञ्चालक पनि हिरासतमा छन् । रेष्टुरेन्ट ठमेलको होटल भियना नजिकै छ ।

प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।