पाँचपोखरी जानेको चहलपहल सुरु

सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा सिन्धुपाल्चोकको पाँचपोखरी जानेहरुको चहलपहल बढेको छ । एकादशीदेखि एक हप्तासम्म लाग्ने मेलाका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ मा रहेको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा भत्तजनको चहलपहल बढ्न थालेको हो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले मेलामा आउने भत्तजनलाई स्वागत गर्दै मेलम्ची नगरपालिकासँगको सीमा खाल्डे खोलामा रहेको सूचना केन्द्रबाट जानकारी लिन आग्रह गरेका छन् । पाँचपोखरी थाङपाल प्रवेश गर्ने मुख्यमार्ग पहिराको कारण अवरुद्ध भए पनि वैकल्पिक माध्यमबाट त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ ।

यस वर्षको जनैपूर्णिमा भदौ १४ गते परेको छ । समुद्री सतहबाट करिब चार हजार ६० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँच वटा पोखरी छन् । अध्यक्ष लामाका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यवसायीमार्फत होटल, लज तथा होमस्टे व्यवस्थापन गरिएको छ । चिया, नास्ता तथा खाना र बासको व्यवस्था गरिएको छ ।

यात्राका क्रममा यात्रुको स्वास्थ्यमा केही समस्या आए उपचार गराउन चिकित्सकको पनि व्यवस्थापन गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष ङिमाछिरिङ तामाङले बताए । पाँचपोखरी इन्द्रावती नदीको उद्गमस्थल हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ एक सय वटा पर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरिएको छ ।

विशेषगरी यहाँ जाने भक्तजन खेतिपातीमा उन्नतीको आशीर्वाद माग्ने गर्छन् । पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आई पूजा गरेमा सुख, शान्ति र महिलाले राम्रो वर पाउने र विहे पश्चात् सन्तान नहुनेको मनोकामना पूरा हुने जनविश्वास छ ।

पाँचपोखरीमा एकादशीदेखि जनैपूर्णिमाको दिनसम्म विशेष मेला लाग्ने गर्दछ । मेलामा सिन्धुपाल्चोक र आसपासका जिल्लासहित काठमाडौँ उपत्यकाबाट उल्लेखय सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् । काठमाडौँबाट मेलम्ची, तिपेनी, थाङपालधाप हुँदै भोताङसम्मको बस यात्रापछि एकदेखि डेढ दिनको पैदलपछि पाँचपोखरी पुग्न सकिन्छ । भ्रमणका लागि समय र फुर्सदअनुसार यसलाई लम्ब्याएर पाँच तथा सात दिन लगाएर त्यहाँको परम्परागत जीवनशैलीको आनन्द लिन सकिन्छ ।

भैरवकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड गरी पाँचवटा कुण्ड अर्थात् पोखरी रहेकाले यस स्थानको नाम पाँचपोखरी रहन गएको हो । धार्मिक महत्वका साथ यस स्थानमा जाने मानिस जनैपूर्णिमालाई लक्षित गरेर जाने गर्छन् भने प्राकृतिक सौन्दर्य निहार्न जाने प्रायः असोज कात्तिकमा जाने गर्दछन् ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।