सिक्किमका लेखक सिङ्जाङ्गाे धरानमा सम्मानित

विजयपुर । सिक्किमेली लेखक एवम् अनुसन्धाता सन्ध्या सुब्बा सिङ्जाङ्गो धरानमा सम्मानित भएका छन् । उनलाई याक्थुङ इतिहास र पहिचानका क्षेत्रमा लेखनमार्फत याेगदान पुर्‍याएकाे भन्दै युमा साम्याे महासभाले सम्मानित गरेको हाे ।

शुक्रबार धरानकाे केन्द्रीय कार्यालयमा आयोजना भएको एक कार्यक्रमबीच युवा लेखक सिङ्जाङ्गाेलाई महासभा अध्यक्ष देवेन्द्र वनेम र प्रमुख अतिथि लालीगुराँस नगरपालिकाका मेयर एवम् मन्धुमविद् अर्जुनबाबु माबुहाङले सम्मानपत्र र खदाले सम्मान गरे । गान्ताेकनिवासी लेखक सिङ्जाङ्गाले हालसम्म चार कृतिहरू प्रकाशित गरिसकेका छन् । जसमध्ये दुई मुन्धुमकाे अङ्ग्रेजी अनुवाद र दुई अङ्ग्रेजी भाषाकै कृति रहेका छन् ।

त्यसैगरी, महासभाले लेखक सिङ्जाङ्गाे अघिल्लो साता मात्रै सार्वजनिक भएको ‘याक्थुङ सिभिलाइजेसन : इम्बिरी याङथाङ्वा पुम्मा’ नामक कृति उपर विमर्श पनि राखेको छ । कृतिउपर बाेल्दै युवा साँस्कृतिक अभियन्ता एवम् लेखक अमित थेवे ‘मिहाङ’ ले पहिलोपटक याक्थुङ सभ्यताकाे शीर्षक उपर कृति निस्किएको बताए । उनले विश्वका अन्य सभ्यतासरह फरक र।पुरानो सभ्यता दाबी गर्न पुस्तकले सहायता पुग्ने धारणा राखे ।

यस्तै, मेयर माबुहाङले याक्थुङ सभ्यता तम्मर सभ्यताकै पर्याय भएको र केही दशकअघि आफूले याक्थुङ समुदायको उत्पत्ति तम्मर खाेला आसपास भएको भन्दा आफू आलाेचित हुनुपरेको अनुभव सुनाए । लेखक सिङ्जाङ्गाेकाे पुस्तकले नेपालमा रहने माैलिकतावादीहरूलाई मार्गदर्शन दिएको उल्लेख गरे । यस्तै, महासभा सल्लाहकार डा. रामनारायण कन्दङ्वाले युवा पुस्तामाझ पहिचानको कुरा पुग्नुपर्नेमा जाेड दिए ।

पुस्तकबारे बोल्दै इतिहासकार सन्ध्याले याक्थुङ सभ्यता (इम्बिरी याङ्धावा) पनि ताप्लेजुङको तमोर र काभेली नदी र कन्चनजङ्घा हिमाल सेरोफोरमा विकास भएको पाइएको बताइन् । याक्थुङ सभ्यता पुस्तकमा प्राचिन तुम्याहाङ प्रणाली, भूस्वामित्व, सिलाम साक्मा, याक्थुङ साम्लो (संगीत), थाका (ढाका) तान बुन्ने कला, खाम्जी खाम्बोङसा लुङ्जिरि लुङबोङ्सा, सिरिजंगा लिपि लगायतका विषय समेटेकी छन् ।

उनको यो पछिल्लो पुस्तक हो । सन्ध्याले यसअघि प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्बाङ) द्वारा संकलित चइत् मुन्धुम र मुजिङ्ना खेयोङ्ना मुन्धुमको अंग्रेजी अनुवाद गरिसकेकी छिन् । उनको पहिलो कृति लिम्बु समन्स शीर्षकमा प्रकाशित भएको थियोे ।

महासभाका सचिव याेवाहाङ तुम्बाहाङ्फेले चलाएको कार्यक्रमकाे ओैचित्यबारे महासचिव डा. रमेश इजमले प्रकाश पारेका थिए । कार्यक्रममा उपाध्यक्ष गीता फालेच्छुवा, महासचिव अमृत फुदाेङ, विरान इजम, हितराम तिल्लिङ, सुवास तेयुङ, माेहन तिगेला, पदम चेन्जी मावाे, माेती मेन्याङ्वाे, राेशन मावाेहाङ, राम आङबुहाङ, माेहन तिल्लिङ, विशाल साँवा लगायत उपस्थित थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।