छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा छाडा चौपायाका कारण सवारी दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

ठूला सहर र राजमार्ग छेउछाउमा छाडा चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो ।

नेपालगञ्ज, कोहलपुर, तुलसीपुर, तौलिहवा, बुटवल, भैरहवा, परासीलगायतका बजारमा छाडा चौपाया नियन्त्रण गर्न सकिएको छैन । बुटवल उपमहानगरको सडक, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गमा सडकमै लाम लागेका छाडा चौपाया सवारी साधन नै अवरुद्ध हुने गरी बस्ने गरेका छन् ।

बुटवलका सडकमा देखिने छाडा चौपाया नियन्त्रण गर्न बजारबासीले पटक -पटक आग्रह गर्दे आएका छन् । नेपालगञ्जमा पनि छाडा चौपायाको समस्या बढ्दै गएको छ ।

अन्यत्रका सडकमा छाडा गाईगोरुले दुःख दिने गरे पनि यहाँ गाईगोरुका अतिरिक्त गधा, घोडासमेत सडकमै देखिने गरेको स्थानीयको भनाइ छ । पशु चौपायाका कारण दुर्घटनाको जोखिम बढ्दै गएकाले नियन्त्रण गर्न सबै पालिकाको समन्व आवश्यक रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।