बाल सुधार गृह प्रकरण : मृतकका परिवारसँग सहमति, ५७ जना उपत्यका बाहिर स्थानान्तरण

काठमाण्डौ – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीको बाल सुधार गृहमा रहेका एक युवकको ज्यान गएको घटनामा मृतकका परिवारसँग सहमति भएको छ ।

गएको तीन गते ज्यान गएको घटनामा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहमति भएको हो ।

रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान ज्यान गएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् ।

घटना लगत्तै मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि तनावग्रस्त भएको थियो ।

भदौ ४ गते दुई सय २१ जना बन्दी फरार भएका थिए ।

शवको परीक्षण गरी आवश्यक प्रकृया पुरा गर्ने सहमति भएको भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

मृतक परिवारले १० लाख क्षतिपूर्ति एवम् राहत रकमको माग गर्दै आएका थिए ।

सहमति भएसँगै मृतक बस्नेतको आज शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने र दाहसंस्कार हुने भएको छ ।

त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ ।

सानोठिमीको सुधार गृहबाट १८ जनालाई पर्सा, १८ जनालाई मकवानपुर, सात जनालाई डोटी र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिएको छ ।

सुधार गृहमा रहेका दुई सय ९७ मध्ये ४३ बालिका र किशोरी छन् ।

भदौ ४ गते सुधार गृह तोडेर फरार रहेकामध्ये ६ जनाबाहेक अरूलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको थियो ।

फरार ६ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।