झापाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

झापा,भाद्र ११ । झापाको, झापा गाउँपालिका-१ बेलायतीबारी स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट आईतवार राती खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आऊँदै गरेका २ वटा मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने क्रममा ४४ ग्राम २८० मिलिग्राम लागुऔषध सहित बेलवारी नगरपालिका-१० मोरङका २६ बर्षीय सुरेश धिमाल, गौरादह नगरपालिका-४ का २५ बर्षीय सन्देश लिम्बु र उर्लावारी नगरपालिका-७ मोरङका २७ बर्षीय बिनोद लिम्बुलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले लागुऔषध सहित नगद ५१ हजार ७ सय २५ रुपैयाँ र ३ थान मोवायल बरामद गरेको तथा तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।