इलाममा चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने

टीका खतिवडा/मङ्गलबारे (इलाम) : चिया र अलैँचीको राजधानीको रूपमा परिचित इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । चिया र अलैँची अध्ययन र थप विकासका लागि चिया तथा अलैँची अनुसन्धान केन्द्र स्थापना हुने भएको हो ।

इलाम नगरपालिका–१ साँखेजुङमा अनुसन्धान केन्द्र स्थापना हुनेछ । राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो । चिया र अलैँची बढी उत्पादन हुने क्षेत्रमा अनुसन्धानका लागि केन्द्र स्थापना गर्ने भएपछि जिल्लाबासीसमेत खुसी भएका छन् । जग्गा प्राप्तिसँगै कार्यालय स्थापनाको काम सुरु गर्न लागिएको छ ।

यसका लागि कार्यालयको भवन निर्माणका लागि चालु आर्थिक वर्षका लागि रु दुई करोड ३८ लाख बजेट विनियोजन भइसकेको इलाम नगरपालिकाका प्रवक्ता नूतनदेव दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार जग्गा प्राप्तसमेत भइसकेको छ । अब भौतिक निर्माणका कार्यसम्पन्न भएसँगै यहाँबाट काम सुरु हुने बताइएको छ ।
अनुसन्धान केन्द्रका लागि इलाम नगरपालिका–१ स्थित साँखेजुङमा ४२ रोपनी जग्गा व्यवस्थापन गरिएको छ ।

कार्यालयको भवन निर्माणका लागि जग्गा सम्याउने काम भइसकेको जनाइएको छ । विनियोजित रकमबाट जग्गामा कम्पाउण्डका लागि तारबार र कार्यालय भवन निर्माण गरिने छ । अनुसन्धान केन्द्रका लागि अब थप ५२ रोपनी जग्गा आवश्यक्ता परेको छ । जग्गादाताले अनुसन्धान केन्द्रका लागि सो जमिनसमेत उपलब्ध गराउने कार्य भइरहेको छ । आउने कात्तिक महिनासम्मको थप जग्गासमेत केन्द्रको नाममा आइसक्ने बताइएको छ । त्यसका लागि इलाम नगरपालिका–१ ले पहल गरिरहेको वडाध्यक्ष गायत्रीराम बस्नेतले जानकारी दिनुभयो ।

इलाममा धेरै किसान चियामा आत्मनिर्भर छन् । उत्तिकै सङ्ख्यामा अलैँची किसानसमेत भएको जिल्लामा केन्द्र स्थापना हुने भएको हो । पछिल्लो समय चिया किसान बढे पनि अलैँची खेती गर्ने किसान कम हुँदै गएका छन् । महँगो मूल्यमा अलैँची बिक्री भए पनि अलैँची मासिने क्रम नरोकिएकाले यसको खेती गर्ने किसानको सङ्ख्यामा कमी हुँदै गएको हो । अलैँचीको अनुसन्धानसमेत यहीँ गरिने भएपछि अब यससँग सम्बन्धित किसानको सङ्ख्या हुने र अलैँची उत्पादनसमेत वृद्धि हुने अपेक्षा किसानले लिएका छन् ।

यहाँ स्थापना गरिन लागिएको यो केन्द्रले चिया र अलैँची दुवै क्षेत्रमा अनुसन्धान गर्ने जनाइएको छ । सूर्योदय नगरपालिकास्थित पान्दाममा रहेको अलैँची विकास केन्द्रले अलैँची विस्तारको काम गरिरहेको छ तर यो स्थापना हुन लागेको अनुसन्धान केन्द्रले अनुसन्धानको काम गर्ने छ । विसं १९२० मा चिया रोप्न सुरु गरिएको इलाममा भर्खरै मात्र सरकारले अनुसन्धान केन्द्र स्थापना गर्न लागेको हो । करिब एक सय ६० वर्षपछि भए पनि यो केन्द्र स्थापना हुने भएपछि यहाँका किसानमा नयाँ उत्साह थपिएको छ ।

चिया किसान किशोर खतिवडाले केन्द्र स्थापनापछि बीचबीचमा चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताउनुभयो । उहाँले चिया प्राविधिकसमेत गाउँमा नै उत्पादन गर्न सो केन्द्रले मद्दत गरेमा किसानलाई थप राहत मिल्ने बताउनुभयो ।

यहाँ सामान्य चियामा उत्पादन नहुने, उत्पादन भएको चिया परम्परागत शैलीमा नै टिप्ने र प्रशोधन हुँदै आएको छ तर स्थापना गर्न लागिएको केन्द्रले चिया र अलैँचीमा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने किसानको भनाइ छ ।

अलैँची र चियामा लागि उत्पादनका हिसाबले इलाम महत्त्वपूर्ण र उर्वर भूमि मानिन्छ । इलाममा अनुसन्धान केन्द्र स्थापना पनि नेपाली चिया र अलैँचीको अनुसन्धान गर्न चाहनेका लागि सहज हुनेछ । स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्नेसमेत आउने हुँदा जिल्लामा पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुने अपेक्षा लिइएको छ । यसले समग्र जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइएको छ ।

इलाममा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको तथ्याङ्कमा उल्लेख छ । साथै अलैँची भारतको बाटो भएर अन्य मुलुकमा समेत जाने गरेको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।