एमाले नेता चढेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, जनकपुरको आकाशबाट काठमाडौँ फिर्ता

काठमाडौं, भदौ १३ । सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा बस्ने नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा सहभागी हुन जनकपुर उडेका नेकपा (एमाले) का नेताहरू चढेको बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ।

बैठकमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहित, विष्णु रिमाल, प्रदीप ज्ञवाली लगायतका नेता बुद्ध एयरमार्फत् जनकपुर जाँदै थिए।

अवतरण हुनुभन्दा केही समय अगाडि विमानमा प्राविधिक खराबी आएपछि जहाज पुनः काठमाडौँ फर्किएर अवतरण गरेको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका नेताहरुलाई अर्काे उडानमार्फत जनकपुर पठाईएको बुद्व एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । प्राविधिक समस्याका कारण काठमाडौँ फर्किएको जहाजको प्राविधिकहरुले चेकजाँच गरिरहेको उनले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।