झापा र मोरङमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु,८ जना घाईते
विराटनगर । झापा र मोरङ भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् ।
हिजो बेलुका ७ बजे झापाको शिबसताक्षी नगरपालिका १० कनकाई पुल स्थित पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको को ३१ प ९५२९ नं. को मोटरसाईकले सोही दिशा तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिई उक्त मोटरसाईकल अन्यत्रित भइ पुन: विपरित दिशाबाट आउदै गरेको मे ३ प ५४६३ नम्बरको मोटरसाईकलसंग ठोकिन गई दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ५४६३ नम्बरको मोटरसाईकल चालक झापा भद्रपुर नगरपालिका ९ बस्ने ४० बर्षीय रुद्र प्रसाद न्यौपाने र पछाडी सवार झापा वाह्रदर्शि गाऊपालिका ५ कि १८ बर्षीया जेसिका सिक्देल गम्भिर गम्भिर घाईते भई उपचारको लागि दुवै जनालाई विर्ततासिटि अस्पताल विर्तामोड लगिएको थियो । घाईते जेसिका सिक्देलको उपचारको क्रममा हिजै बेलुका सभा ८ बजे मृत्यु भएको छ भने रुद्र प्रसाद न्यौपानेको उपचार भईरहेको छ ।
अर्को ९५२९ नम्बरको मोटरसाईकल चालक झापा दमक नगरपालिका १ का ४० बर्षीय सुरेस राई र पछाडी सवार ईलाम चुलाचिलि नगरपालिका ४ की २९ बर्षीया निश्चल चेमजोङ समेत घाईते भई BNC हस्पिटल बिर्तामोडमा उपचार भैइरहेको रहेको छ भने साईकल चालक झापा अर्जुनधरा नगरपालिका ५ बस्ने ६३ बर्षीय गंगा तामाङ सामान्य घाईते भएका थिए । दुर्घटनामा संलग्न मोटरसाईकलहरु प्रहरीको नियन्त्रणमा रहेको छ ।
त्यसै गरि आज राती पौने १ बजे झापाको बिर्तामोड नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ५ प ५५६८ नं. को मोटरसाईकल र बिपरित दिसाबाट आउदै गरेको प्र १-०१-०१३ प ५१४० नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ५५६८ नं. मोटरसाईकल चालक झापा कनकाई नगरपालिका ५ बस्ने २६ बर्षीय सागर घिमिरे गम्भिर घाइते भई उपचारको लागि B$C अस्पताल बिर्तामोड पठाईएको थियो ।
घाईते घिमिरेको अस्पताल पुर्याउन साथ मृत्यु भएको छ भने अर्को ५१४० नं. को मोटरसाईकल चालक झापा भद्रपुर नगरपालिका १० बस्ने २९ बर्षीय सरोज बस्नेत र पछाडि सवार २८ बर्षीय सकिन न्यौपाने समेत गम्भिर घाईते भई B$C अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।दुर्घटनामा संगलग्न दुवै मोटरसाईकलहरु ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।
त्यसै गरि मोरङको केराबारि गाऊपालिका १० स्थित भित्रि सडकमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को २४ प ६२७५ नं. को मोटरसाईकल र बिपरित दिशाबाट जादै गरेको प्र १-०२-०४८ प ३२३२ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ३२३२ नं. को मोटरसाईकल चालक सोही स्थानका ४० बर्षीय भिम देवान गम्भिर घाईते भएका थिए । घाईते देवानको उपचारको लागि न्युरो अस्पताल बिराटनगर पुर्याई चेकजाँच गर्दा मृत्यु भई सकेको जानकारी प्राप्त भएको थियो भने अर्को ६२७५ नं. को मोटरसाईकल चालक मोरङ केराबारी गाऊपालिका २ बस्ने २५ बर्षीय साजन साही घाईते भई गोल्डेन अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।
उक्त दुर्घटनामा पैदल यात्री स्थानिय २५ बर्षीया केरुना रसाईलिलाई समेत ठक्कर दिई घाईते भई स्थानिय मेडिकल केराबारीमा उपचार भईरहेको छ । दुर्घटनामा संलग्न सवारी साधनहरु प्रहरीको नियन्त्रणमा रहेको छ ।


