लाखे नाचको संरक्षणमा जुटे भोजपुरका युवा

टक्सार (भोजपुर) । लाखे नाचको संरक्षण र सम्वर्धनका लागि भोजपुरका युवा जुटेका छन । विशेष गरेर नेवार समुदायको मौलिक तथा सांस्कृतिक नाचको रुपमा रहेको लाखे नाच नागपञ्चमीबाट सुरु भई कृष्ण अष्टमीको भोलीपल्ट समापन हुने गर्दछ ।

नेवा समुदायको कला संस्कृतिलाई पुस्तान्तरण गर्दै दीर्घकालीन रुपमा संरक्षण गर्ने उद्देश्यका साथ भोजपुरमा युवा सक्रिय रहेको भोजपुर लाखे समाजका अध्यक्ष विनम श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आधुनिकतासँगै पुरानो कला संस्कृति लोप हुन थालेकाले युवा पुस्तामा पुस्तान्तरणका लागि प्रशिक्षणसमेत थालिएको छ ।

पुरानो कला संस्कृतिको संरक्षणमा यहाँका युवाले चासो देखाउन थालेको नेवार समुदायका अगुवाको भनाइ छ । नेवार समुदायको मौलिकता झल्किने पुराना संस्कृति लोप हुन नदिनका लागि युवामा सक्रियता बढ्दै गएको स्थानीय दीपेन्द्र श्रेष्ठले बताउनुभयो । “पाका पुस्ताबाट नयाँ पुस्तामा कला संस्कृति हस्तान्तरण नहुँदा पहिचान नै लोप हुने अवस्थामा पुग्न थालेका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय युवाले कला संस्कृतिको संरक्षणमा चासो देखाउन थालेकाले आशा जागेको छ ।”

स्थानीय सुदिप श्रेष्ठका अनुसार जिल्लामा अहिले युवाले लाखे नाच मात्र नभएर बिगतमा लोप भएका रोपाइँ, सिपाही जात्रालगायत विभिन्न जात्रा निकाल्न थालेका छन् । लाखे नाच नेवार समुदायले विशेष जात्रा भएको बताउँदै उहाँले यसमा मुखुन्डो पहिरिएर परम्परागत नृत्य गरिने जानकारी दिनुभयो ।

भोजपुर नगरपालिकाका साथै पानीट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामा लाखे नाच नचाउने परम्परा रहदै आएको छ ।

लाखे नाचसँगै ठाकठुके नाचको पनि संरक्षण र सम्वर्द्धन गर्दे आइएको भोजपुर नगरपालिका–५ का गणेश प्रधानले जानकारी दिनुभयो । नागपञ्चमीका दिनदेखि सुरु भएको नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन सुवालले बताउनुभयो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।