सयपत्री फूलको व्यवसायिक खेती

तनहुँ, १७ भदौ (रासस) : म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् ।

‘अध्यक्षसँग कृषि विकास कार्यक्रम’ अन्तर्गत स्थानीय आमा समूहमार्फत फूलका बिरुवा रोपिएको हो । आमा समूहलाई उत्पादनमूलक समूहमा परिणत गर्ने अभियानअन्तर्गत व्यावसायिक फूल खेती सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।

विदेशबाट आएको पुष्प आयतलाई प्रतिस्थापन गरी गाउँपािलकालाई पुष्पमा आत्मिनभर बनाउन यस किसिमको कदम चालेको उहाँले बताउनुभयो । त्यसैगरी म्याग्देमा ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे–५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्री फूलका बिरुवा लगाउनुभएको छ । पुष्पखेती विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले सयपत्री फूलखेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो ।

फूलमा देश आत्मनिर्भर हुन नसक्दा बर्सेनि छिमेकी देशसँग निर्भर भइरहेको अवस्थामा त्यसलाई अन्त्य गर्न केही वर्षयता यहाँका किसान पुष्पखेती तर्फ आकर्षित हँुदै आएका छन् । सानो लगानीमा राम्रो आम्दानी गर्न मिल्ने भएपछि यहाँका किसान पुष्पखेती तर्फ आकर्षित भएको पाइन्छ । जिल्लाको शुक्लागण्डकी, भीमाद, म्याग्दे, आँबुखैरेनी, बन्दीपुर गाउँपालिकालगायतका विभिन्न स्थानमा पुष्पखेती गरिँदै आएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।