भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन

झापा, १७ भदौ : भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ ।

नगर उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताउनुभयो ।

उहाँका अनुसार यही भदौ १२ गते साँझ पौने ८ बजेतिर भद्रपुर–७ को फुलबारी टोलस्थित सडकको छेउमा सबैले देख्ने ठाउँमा अन्दाजी १४ दिनको पूर्ण स्वस्थ शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । हाल उक्त शिशुलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारपछि पोषण गृहमा राखिएको छ ।

हरियो कपडामा सुताइएको, सेतो पञ्जा लगाइएको, निधारमा कालो टीका लगाइएको, टिसर्ट र टोपी लगाइदिएको अवस्थामा उक्त शिशुलाई भेटाइएको थियो । छिटो उद्धार होस् भन्ने मनसायले मानिसको प्रशस्त ओहोरदोहोर हुने सडककै छेउमा कसैले शिशुलाई छाडेर गएको हुनसक्ने उपप्रमुख कार्की बताउनुहुन्छ ।

स्थानीय बाल अधिकार समितिको बैठक बसेर शिशुका अभिभावक पहिचानका लागि सार्वजनिक सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिँदै उपप्रमुख कार्कीले सूचना जारी भएको दुई दिन वितिसक्दासमेत अहिलेसम्म दाबी गर्न कोही पनि नआएको बताउनुभयो । “डाक्टरहरुले परीक्षण गर्दा शिशु स्वस्थ रहेको भन्नुभएको छ”, उहाँले भन्नुभयो, “शिशुका बुबाआमा र अभिभावक प्रमाणसहित आउनुभयो भने उहाँहरुलाई नै शिशु जिम्मा लगाउँछौं ।”

बेवारिसे शिशु फेला परेको हुँदा पालनपोषण गर्न इच्छुक ५० जनाभन्दा बढी व्यक्ति स्थानीय बाल अधिकार समितिको सम्पर्कमा आएको समेत उपप्रमुख कार्कीले जानकारी दिनुभयो । धर्मपुत्रका रुपमा पालनपोषण गर्न चाहने व्यक्ति डाक्टर, इञ्जिनीयर, प्राध्यापकसमेत रहेको उहाँले बताउनुभयो ।

“अहिले हामी शिशुको बाबुआमा र अभिभावक खोजिरहेका छौँ”, उहाँले भन्नुभयो, “बाबुआमा र अभिभावक पत्ता लगाउन सकिएन भने मात्र कानून बमोजिम अदालतले नै शिशुको अभिभावक बन्न इच्छुक व्यक्तिहरुमध्ये कसलाई दिने भन्ने निर्णय गर्नेछ ।” निज बालकका बाबुआमा र अभिभावकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रादेशिक अस्पताल भद्रपुरको स्वास्थ्य प्रतिवेदनअनुसार शिशु लगभग तीन किलो तौलको रहेको छ ।- रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।