परम्परा जोगाउन टक्सारमा मेला

टक्सार (भोजपुर) १९ भदौ ः भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो । विसं १८७२ मा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि पूर्वमा त्यतिकै प्रख्यात ठाउँ मानिन्छ ।

टक्सारको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस वर्ष पनि आयोजना हुने भएको छ । टक्सार बजारलाई ‘मिनी पाटन’समेत भनिन्छ । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो । यहाँ कृष्ण मन्दिर, विहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिकस्थल छन् ।

सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँका धार्मिक मठ, मन्दिर, विहार, चैत्य, गुम्बा र ठूलठूला घर संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् ।” टक्सारमा परम्परागतरुपमा चल्दै आएको श्रीकृष्ण जन्माष्टमी मेलाका लागि अहिले तयारी भइरहेको शाक्यले बताउनुभयो । भोजपुर नगरपालिका–१२ को आयोजनामा टक्सारमा यही २० र २१ गते दुईदिने मेला लगाउन लागिएको छ ।

टक्सार ऐतिहासिक तथा धार्मिकस्थल हो । यसको संरक्षण र संवद्र्धनसहित परम्परासमेत जोगाउन जरुरी रहेको वडा नं १२ का वडाध्यक्ष देवीप्रसाद कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “यी विभिन्न संस्कार, संस्कृति हाम्रो अमूल्य सम्पत्ति हुन्, यस्ता धर्म संस्कार, संस्कृतिले सबै जातजातिलाई एक ठाउँमा जोडेको छ, यसको संरक्षण गर्दै मौलिकता जोगाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ ।”

‘धार्मिक पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक टक्सार बजार जाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न समूहको लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रम हुने स्थानीय अमृका ताम्राकारले जानकारी दिनुभयो ।

टक्सार ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धनका लागि पनि सरकारी तहबाट चासो देखिनुपर्ने स्थानीय विमल रणपहेलीको भनाइ छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।