प्रतिबन्धित लागुऔषध सहित तीन भारतीय नागरिक पक्राउ

झापा,भाद्र २० । झापाको भद्रपुर नगरपालिका-८ बिमानस्थल छेउबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित २ जना र काकडभिट्टाबाट १ जना गरी तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाको संयुक्त प्रहरी टोलीले मंगलवार दिउँसो तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतिय नागरीक दार्जिलिङ जिल्ला नक्शालवारीकी २८ बर्षीया कल्याणी बर्मनी, २८ बर्षीया राधा बर्मनी र २४ बर्षीय कल्याण बर्मण रहेका छन् ।

राधा र कल्याणी ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित भद्रपुरबाट पक्राउ परेका हुन् भने कल्याण बर्मण ९८ ग्राम ९०० मिलिग्राम लागुऔषध सहित काकडभिट्टाबाट पक्राउ परेका हुन् ।

लागुऔषध सहित पक्राउ परेका उनिहरूको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।