भोजपुरमा दुर्गमका स्थानीयलाई सर्पदंशको उपचार पाउनै समस्या

भोजपुर, २२ भदौ : भोजपुरका दुर्गम भेगका स्थानीयलाई सर्पदंशको उपचार पाउन नै समस्या हुने गरेको छ । दुर्गम भेगका स्थानीयलाई सामान्य स्वास्थ्योपचार लिन घन्टौँ हिँड्नुपर्ने अवस्था रहेकाले उनीहरूले प्राथमिक उपचार पाउनै समस्या हुने गरेको हो । सर्पको डसाइको समयमा उपचार नपाउँदा कतिपयले अकालमा ज्यान गुमाउने गरेका छन् । कतिपयको अङ्गभङ्गसमेत हुने गरेको अवस्था छ ।

वर्षात्ले ग्रामीण भेगका अधिकांश सडक बन्द रहेकाले मानिसको दैनिक जनजीवन कष्टकर बनेको छ । सडक बन्द भएकाले एम्बुलेन्स तथा यातायात सेवा नहुँदा समयमा बाहिरका अस्पतालमा लैजान समस्या हुने गरेको छ । स्टेचर तथा डोकोमा बोकेर बिरामीलाई अस्पतालसम्म ल्याउनुपर्ने बाध्यता हुँदा उपचार नपाएर ज्यान जाने अवस्था छ । सर्पको डसाइको उपचारलाई सहज बनाउनुपर्ने टेम्केमैयुङ गाउँपालिकाका स्थानीयवासी मानबहादुर विष्टले बताउनुभयो ।

“समयमा उपचार नपाउँदा सर्पको डसाइबाट अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “खेतबारीमा काम गर्नैपर्यो । काम गर्ने क्रममा ख्याल गर्दा पनि सर्पले डस्ने सम्भावना बढी हुन्छ । सर्पले डसेको अवस्थामा उपचार पाउन मुस्किल छ । हाम्रो यो ठाउँबाट सामान्य स्वास्थ्य सेवा लिनका लागि तीनदेखि चार घन्टा हिँडेर स्वास्थ्यचौकी जानुपर्ने अवस्था छ । जिल्ला अस्पताल पुग्न त झनै समस्या छ । सर्पको डसाइ तथा अन्य आकस्मिक घटना हुँदा स्वास्थ्योपचार नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था छ ।”

यो समयमा जिल्लामा सर्पदंशका बिरामी पनि बढ्ने गरेका छन् । तर सर्पको डसाइको उपचार पाउन भने स्थानीयलाई सास्ती छ । प्रायः यस्ता घटना ग्रामीण भेगका गाउँघरमा बढी हुने गरेका छन् ।समयमा उपचार नपाएका कारण कतिपयले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीयवासी हरिबहादुर लम्सालले बताउनुभयो । सर्पदंश उपचारका लागि राज्यले ध्यान दिन आवश्यक रहेको उहाँको भनाइ छ । सर्पले डसाइपछि मानिस धामीझाँक्रीको खोजीमा समय बिताउने गरेकाले गाउँघरमा धेरैको ज्यान जाने गरेको अवस्था रहेको उहाँले बताउनुभयो ।

सर्पको डसाइको सामान्य उपचार मात्र गर्न सकिने जिल्ला अस्पताल भोजपुरले जनाएको छ । धेरै विषालु पर्सले टोकेर रक्तनली नै खराब हुने खालका जटिल अवस्थामा भने बाहिर नै सिफारिस गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । सर्प घस्रने प्रजातिको एक प्राणी हो । गर्मी बढेसँगै आफ्नो बासस्थान छाडेर बाहिर निस्कने गर्दछन् । सर्पको विषलाई निकै खतरनाक मान्निछ ।

नेपालमा करिब ८९ प्रजातिका सर्प पाइएको तथ्याङ्क छ । यसमध्ये करिब १७ प्रजातिका सर्प खतरनाक मानिन्छ । विज्ञहरूका अनुसार सर्पको विषलाई सामान्यतः चार वर्गमा बाँडिन्छ । पहिलो वर्गअन्तर्गतको साइटोटाक्सिनले स्थानीय तन्तु (टिस्यु)लाई क्षतिग्रस्त पार्छ । यस्तै हिमोटाक्सिनले गर्दा आन्तरिक रक्तश्राव हुने चिकित्सकको भनाइ छ । विषमा रहेको न्यूरोटाक्सिन स्नायु तन्त्रलाई क्षतिग्रस्त गर्छ र कार्डियोटक्सिनले सीधा मुटुमा असर गर्छ । सर्पको डसाइबाट शरीरको आन्तरिक रक्तश्राव भएर बिरामीको मृत्यु हुने गरेको चिकित्सकको भनाइ छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।