बाँकेमा भएको बस दुर्घटनामा सातको मृत्यु

नेपालगञ्ज, २३ भदौ : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर छ ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय चानुराम थारु, वडा नं ८ का ४५ वर्षीय जुगबहादुर चन्द र नामथर वतन नखुलेका गाडीस्टाफ ३५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बिग्रेर रोकेको ना८ख ६४०५ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना ७ ख २३२१ नम्बरको बस ठोक्किन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

बसमा दाङको धारापानी भ्रमणबाट फर्किएका ४१ जना सवार थिए । बस बेतहनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरबाबा, बर्दियाको रहेको बताइएको छ । घाइते २९ को नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।